६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

हाइकिङ पुगेका विद्यार्थीले गरे शिवपुरी राष्ट्रिय निकुन्जको प्लास्टिक र शिसाका बोटल संकलन

शिवरपुरी राष्ट्रिय निकुन्जमा हाइकिङ पुगेका विद्यार्थी तथा पर्यटकले थुप्रै प्लास्टिकका बोटल र शिसाका बोटल संकलन गरेका छन्। गत शनिबार क्लिनअफ नेपालद्धारा आयोजित हाइकिङ कार्यक्रमको क्रममा उनीहरुले शिवपुरी राष्ट्रिय निकुंन्ज हाइकिङसहित सफाइ गरेको हो।  

सफाइको क्रममा ६ सय २५ वटा प्लास्टिकका बोटल, ५ केजी क्यान बोटल र ७ केजी शिसाका बोटल संकलन गरी शिवपुरी राष्ट्रिय निकुंन्जमा अवस्थित नेपाली सेनालाई बुझाएको क्लिनअफ नेपालका कार्यकारी संयोजक रविन्द्र लामिछानेल जानकारी दिए।  

निकुन्जका चार वटा स्थलबाट घुम्दै सफाइ गरेको थियो। सो सफाइ अभियानमा नितेन  मेमोरियल स्कुल र काठमाडौ फरेस्टी कलेजका विद्यार्थीहरु, स्वीडेनको ‘प्लोग्गा’ नामक संस्थाका दुइ प्रतिनिधिसहित निकुन्ज घुमफिर गरी फोहोर संकलन गरेका थिए। हाइकिङ टोली निकुन्जको निगिगुम्वा, शिवपुरी चुचुरो, बिष्णुद्धार र बागद्धारवाट प्रवेश गरी हाइकिङ गरेका थिए।  

स्वीडेन स्थित प्लेग्गा संस्थाले हामी घुमेको  हरेक स्थानको फोहोर आफै संकलन गरेमा शारिरीक तन्दुस्र्ती हुँदै सिंङ्गो पृथ्वीलाई सफा राख्न सकिन्छ भन्ने मान्यता राखेको छ। अभियानको प्रारिम्भक चरणमा फोहोरमुक्त राष्ट्रिय निकुंन्ज, फोहोर मुक्त हाम्रो पृथ्वी नारा थियो।  

प्रकाशित: १ मंसिर २०७९ ०९:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App