१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कैलालीमा बाढीले बगाएर एकको मृत्यु, एक बेपत्ता

कैलालीमा बाढीमा बगेर एक युवतीको मृत्यु भएको छ भने एक व्यक्ति बेपत्ता भएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार बेपत्ताको खोजी भैरहेको छ।

धनगढी उपमहानगरपालिका–१३ की २० वर्षकी युवती मृत अवस्थामा भेटिएकी छन्। उनी बाढीमा बगेर बेपत्ता भएकी थिइन्। उनको शव सशस्त्र प्रहरीको टोलीले भेटेको हो।

यता भजनी नगरपालिका–८ गोडचौराका ५५ वर्षका कालुराम चौधरी बगेर बेपत्ता भएका छन्। वडाध्यक्ष पंकज चौधरीका अनुसार बाढीमा बगेर बेपत्ता भएका हुन्। पथरैया नदीमा आएको बाढी गौडचौरा गाउँमा पसेको छ।

भजनी नगरपालिकाका सबैजसो वडा जलमग्न भएका छन्। कैलालीका विभिन्न ठाउँमा झण्डै १ हजार ५०० घरधुरी बाढीले प्रभावित पारेको छ।

प्रकाशित: १ आश्विन २०७९ १०:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App