बिहिवार राती देखि परेको अविरल वर्षाका कारण कैलालीको दक्षिणी क्षेत्रका सयौ परिवार डुवानमा परेका छन। पथरिया, कान्द्रा नदीमा आएको बाढी बस्तीमा पसेर ७ सय भन्दा बढी घर डुवानमा परेका छन।
पथरिया नदीको सतह बढेर भजनी नगरपालिकाको सोनपाटा टोल,दैलेखि टोल,भरतान टोल,जनकपुर र छरहवा टोलका करिव २ सय घर डुवानमा परेका छन।
यसैगरि कान्द्रा नदीमा आएको बाढीले भजनी नगरपालिकाकै मिलनटोल, लालवोझी र पुलियापुर टोलका २ सय ५० भन्दा बढी घर डुवानमा परेको प्रहरीले बताएको छ।
कुटी गाउँ, वडा नं ७ का शिविर टोल, गणेशमान टोल र दक्षिणपुर्वी टोलका २ सय ५० घर डुवानमा परेको स्थानीयले बताएका छन।
प्रकाशित: १ आश्विन २०७९ ०४:३५ शनिबार