८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

बन्द भएको ३९ मिनेटपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु

काठमाडाैं-भीषण हावाहुरीपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा पूर्ण संचालनमा आएको छ। सोमबार दिउँसो ४ः४०बाट  ३९ मिनेटम्म विमानस्थल बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्यायले जानकारी दिए।हावाहुरी आइरहेका बेला भारतको दिल्लीबाट आएको जेट एयरवेज र युएइको अवुधावीबाट आएको इतिहाद एयरवेजको विमान रुट परिवर्तन गरी लखनउ अवतरण गरिएको थियो। उपाध्यायका अनुसार आन्तरिकतर्फ पोखरा, विराटनगर, सिमरा र भैरहवाबाट आएका जहाज उतै फर्किएका थिए 'हावाहुरी रोकिएपछि धावनमार्ग सबै निरीक्षण गर्यौं', उपाध्यायले नागरिकन्युजसँग भने, 'कुनै अवरोध नभएपछि विमान स्थल सुचारु गरेका हौं।'

प्रकाशित: १५ चैत्र २०७२ ०६:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App