१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

डेंगी नियन्त्रणका लागि मकवानपुरमा घरदैलो अभियान

फाइल तस्बिर

मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि घरदैलो अभियान सञ्चालन गरिने भएको छ। उपमहानगरपालिकाका विभिन्न वडामा डेंगी सङ्क्रमण बढ्दै गए पछि घरदैलो अभियान थाल्ने तयारी छ।

हेटौँडा–४, ५, १० र ११ मा केही सातादेखि फैलिएको डेंगी सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको छैन। ती चारवटै वडामा बिहीबार अपराह्नसम्म पाँच सय ३५ जनामा डेङ्गु फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी मनहरि गाउँपालिका–२, ४, ५ र ६ मा ९५ डेंगीका बिरामी फेला परेको कार्यालयले जनाएको छ ।  

मकवानपुरमा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिका क्षेत्रमा करिब तीन सातादेखि फैलिएको प्रकोपलाई नियन्त्रण गर्न विभिन्न विधि अपनाएको भए पनि अझै नियन्त्रणमा आउन नसकिएकाले भदौ १९ देखि हेटौँडा उपमहानगरपालिकाका १९ वटै वडा र मनहरिका विभिन्न वडामा जिल्ला स्वास्थ्य कार्यालयले घरदैलो अभियान सञ्चालन गर्न लागेको वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक तिवारीले बताए।

हेटौँडा र मनहरिका विभिन्न वडामा डेंगीबाट प्रभावितलाई तत्काल उपचार गर्न जिल्ला स्वास्थ्य कार्यालय र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा काठमाडौँको वीर अस्पताल, पाटन अस्पताल र त्रिभुवन शिक्षण अस्पताल उपचारका लागि पठाइएको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत भोलिप्रसाद चौलागाईँले जानकारी दिए।

डेंगीबाट सामान्य प्रभावितलाई हेटौँडा अस्पताल, चुरेहिल अस्पताल र चितवनको भरतपुर अस्पताल भर्ना गरी उपचार थालिएको छ। डेङ्गुको पहिचान गर्न किट पर्याप्त मात्रा नहुँदा उपलब्ध गराइदिन हेटौँडा उपमहानगरपालिकाले संघिय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसमक्ष माग गरेको चौलागाईँले बताए।

प्रकाशित: १७ भाद्र २०७९ ०३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App