१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडौँ महानगरले बन्द गरायो डिजिटल होर्डिङ बोर्ड

काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरलगायत अन्य ठाउँका डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ। महानगर प्रहरीको टोलीले नक्सा पास र गैकानुनी संरचना अभियानलाई निरन्तरता दिँदै बिहीबार दिउँसो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको हो।

डिजिटल होर्डिङ बोर्डका कारण सवारी दुर्घटना बढेको भन्दै महानगरले डिजिटल होर्डिङ बोर्ड हटाउने अभियान सुरु गरेको हो। महानगरकाभित्रका मापदण्ड विपरीतका सबै होर्डिङ बोर्ड हटाइने महानगरका सह प्रवक्ता महेश काफ्लेले नागरिक न्यूजलाई जानकारी दिए।

ट्राफिक प्रहरीले पहिलेदेखि नै डिजिटल होर्डिङ बोर्ड नराख्न आग्रह गर्दै आए पनि कुनै सुनुवाइ हुन सकेको थिएन।

प्रकाशित: १६ भाद्र २०७९ १०:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App