६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

मानव बेचबिखन आरोपमा तीन जना पक्राउ

धनुषामा मानव बेचबिखन कार्यमा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सोमबार दुई बालिकालाई जिल्लाको जनकन्दनी गाउँपालिका-१ स्थित इनर्वा रेल्वे स्टेशन हुँदै भारततर्फ लाग्दै गरेको अवस्थामा प्रहरीले बालक बेचबिखनमा संलग्न तीन जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा जनकपुरधाम उपमहानगरपालिका-७ कमलानगर टोल बस्ने २६ वर्षीय रूपेशकुमार मिश्र, जनकपुरधाम उपमहानगरपालिका-२३ लादोवेला बस्ने २३ वर्षीय दिल महमद साह,र महोतरी जिल्लाको मटिहानी नगरपालिका-२ विल्टाहा टोल बस्ने २० वर्षीया रानी भनिने मुस्कान मण्डल रहेको धनुषा प्रहरी प्रवक्ता एवं डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

प्रहरीका अनुसार उनीहरूले दुबै बालिकाहरूलाई घरबाट ललाई-फकाई भारतको दिल्लीतर्फ बेचविखन गर्ने उद्देश्यले लगि रहेको गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

जनकपुबाट जयनगरतर्फ जाँदै गरेको रेलबाट २ जना बालिकालाई उद्धार गरी पक्राउ परेका तीनै जनामाथि मानव बेचबिखन तथा ओसार-पसार मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको धनुषा प्रहरीले जानकारी गराएकाे छ।

प्रकाशित: १५ भाद्र २०७९ १५:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App