३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

महानगरको टोलीले खाली गरायो राहादानी विभागको बेसमेन्ट

तस्बिर: प्रसन गुरूङ

काठमाडौं महानगरको टोली त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय पुगेर पार्किङका लागि बनाइएको भूमिगत स्थानमा राखिएको कार्यालयमा प्रयोग हुने सामग्री लगायतका अन्य संरचना हटाएको छ।

शुक्रबार दिउँसो नगर प्रहरी, महानगरीय ट्राफिक प्रहरी सहितको टोलि राहदानी विभाग पुगेर अनुगमन गरेको हो।

काठमाडाैं महानगरका प्रहरी प्रमुख राजु पाण्डेले पार्किङको प्रयोजन लागि बेसमेन्ट तयार भएको ठाउँमा अन्य प्रयोजनको लागि प्रयोग भएको सामग्री लगायतका अन्य संरचना हटाइएको बताएका छन्। उनले सरकारी निकाय आफै पनि सचेत हुनुपर्ने बताएका छन्।  

उनले राहदानी विभागले पनि अन्य प्रयोजनका लागि प्रयोग गर्दै आएको सुचनाको आधारमा अनुगमन गरिएको बताए।

राहदानी विभागमा दैनिक हजारौं सेवाग्राहीको भीड लाग्छ तर पार्किङको सुविधा नहुँदा सेवाग्राहीले नजिकैको गल्लीहरूमा कष्टपूर्ण तरिकाले सवारी साधन राख्नुपर्ने बाध्यता रहेको छ।

प्रकाशित: १० भाद्र २०७९ ०८:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App