६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सालकको खपटासहित एकजना पक्राउ

फाइल तस्बिर

प्रहरीले सालकको खपटासहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ कपुरधाराबाट दुई किलोग्राम सालकको खपटासहित धादिङको धुनिबेँसी नगरपालिका–७ का २३ वर्षीय विजय तामाङलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।  

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशकुमार मैनालीका अनुसार झोलामा सालकको खपटा बोकेर बिक्रीवितरण गर्न हिँडेको अवस्थामा तामाङ पक्राउ परेका हुन्।  

प्रहरीले तामाङलाई कपुरधाराको प्रतीक्षालयबाट पक्राउ गरेको हो। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। रासस  

प्रकाशित: १ भाद्र २०७९ ०७:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App