७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

प्रहरी हिरासतबाट फरार अभियुक्त पुनः पक्राउ

इलाका प्रहरी कार्यालय मोतिपुरको हिरासतबाट फरार भएका अभियुक्तलाई प्रहरीले पुनः पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका–२ स्थित नेपाल-भारत सीमा नजिकबाट सोमबार प्रहरीले पुनः पक्राउ गरेको हो।

बाँके खजुरा गाउँपालिका–८ का २६ वर्षीय अब्दुलखाँलाई प्रहरीले पक्राउ गरेको छ। खाँलाई जबरजस्ती करणी आरोपमा प्रहरीले गत असार २३ गते पक्राउ गरी म्याद थप गरी अनुसन्धान कै क्रममा हिरासतमा राखेको थियो।

साउन ९ गते खाना खाएर सरसफाई गर्ने क्रममा सेन्ट्रीलाई झुक्याई खाँ फरार भएका थिए। प्रहरीले खाँलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुर्य प्रकाश सुवेदीले जानकारी दिए।

प्रकाशित: २३ श्रावण २०७९ १३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App