१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

नायब सुब्बा प्रस्तावित संघीय ऐनविरुद्ध आन्दोलित

सरकारकाले संघीय निजामति ऐनमा नायब सुब्बाका मागहरु सम्बोधन नगरेको भन्दै नायब सुब्बाहरु आन्दोलनमा उत्रिएका छन्। सोमबार सिंहदरबार सामान्य प्रशासन मन्त्रालय अगाडि नायब सुब्बा बचाउ अभियानसहित सबै सरकारी विभिन्न निकायका सम्पूर्ण नायब सुब्बाहरुले आन्दोलन सुरु गरेका हुन्।

नायब सुब्बामा १० वर्ष काम गरेको नायब सुब्बालाई एक तह र १० वर्ष भन्दामाथि काम गर्नेलाई दुई तह बढुवा गर्ने व्यवस्था संघीय निजामति ऐन राख्नुपर्ने उनीहरुको माग रहेको छ। नायब सुब्बाहरुले आफ्ना मागहरु सम्बोधन नभएसम्म देशभरका २० हजार नायब सुब्बाहरुले देशभर सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरेर आन्दोलन गर्ने चेतावनी दिएका छन्।

त्यस्तै, नायब सुब्बाको मागलाई समेटेर तत्काल संघीय निजामति ऐन जारी गर्न समेत माग गरेका छन्। नायब सुब्बा बचाउ अभियन्ता नायब सुब्बा उत्तम कटुवालले प्रस्तावित संघीय निजामति ऐनमा नायब सुब्बाहरुको माग सम्बोधन नगर्दा अन्यायमा परेको बताए।

उनले नायब सुब्बाको लागि ३० प्रतिशत ज्येष्ठता, १० प्रतिशत आन्तरिक र १० प्रतिशत अन्तरसेवाको व्यवस्था हुनुपर्ने माग गरेपनि सरकारले माग सुनुवाई नगरेको गुनासो गरे। नायब सुब्बाले राज्य सञ्चालनमा महत्वपूर्ण योगदान दिएको भन्दै प्रस्तावित संघीय निजामति ऐनमा माग सम्बोधन नभए देशभर वृहत् आन्दोलन गर्ने बताए।

नायब सुब्बाहरुले प्रस्तावित संघीयन ऐनमा संघ, प्रदेश र स्थानीय तहमा एकरुपता काय गर्न समयसीमा किटानका साथै सबै तहमा एउटै मिटिबाट लागू हुनेगरी प्रत्येक ५ वर्षमा एक तह वृद्धि हुनेगरी तहगत व्यवस्था राख्नुपर्ने माग रहेको छ। राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृतसरहको पदपूर्तिमा ५० प्रतिशत खुला,४० प्रतिशत बढुवा र १० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने माग छ।

प्रकाशित: १६ श्रावण २०७९ ०७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App