२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

काठमाडौंमा बिहानैदेखि वर्षा,तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

फाइल तस्बिर

काठमाडौंमा बिहानैदेखि भारी वर्षा भइरहेको छ। अहिले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

बाढी पूर्वानुमान महाशाखाकाले गोदावरी खोला, हुनुमन्ते लगायत नदीमा आकस्मिक बाढीको सम्भावना रहेको उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

त्यस्तै मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी सुदुर पश्चिम र प्रदेश १का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: ५ श्रावण २०७९ ००:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App