५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

देवघाटमा बोलबम मेला (फोटाे फिचर)

देवघाटमा बोलबम मेला सुरु भएको छ। चितवन, तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को संगमस्थल देवघाटमा साउनका सोमबारमा बोलबम मेला लाग्ने गर्दछ। तर, कोरोनाका कारण दुई वर्ष मेला लाग्न सकेन।

यसपटक साउनको पहिलो सोमबार (आज) भक्तजनको बाक्लो उपस्थिती छ। यहाँ भक्तजन भारतदेखि पनि स्नान गर्न आउने गर्दछन्। आइतबार बास नै बसेर भक्तजनले बिहानै देवघाटमा स्नान गर्ने गर्दछन्। बास बस्ने भक्तजनलाई देवघाटका विभिन्न आश्रम तथा मन्दिरहरूमा निःशुल्क खाना र बसोबासको व्यवस्था देवघाट क्षेत्र विकास समितिले गर्दै आएको छ।

साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ। साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धामिर्क मान्यता छ। यस वर्ष साउनमा पाँचवटा सोमबार परेकाले धेरै भक्तजन आउने गर्दछन्।

भक्तजनको सुरक्षाका लागि चितवन र तनहुँ प्रशासन र प्रहरीसँग समन्वय गरिएको छ। स्नान क्षेत्रमा उद्वारका लागि बोटे समाज, शशस्त्र र नेपाली सेनाका उद्वारक टोलीहरु परिचालित छन्। स्नान गर्ने ठाँउमा डुङगा र तालिम प्राप्त सुरक्षाकर्मी तैनाथ गरिएको छ।

सोमबार हुनसक्ने भीडलाई मध्यनजर गर्दै चितवन ट्राफिकले जाने–आउने बाटो निर्धारण गरेको छ। आँपटारी हुदै देवघाट जाने सडकमा स्नान गरेका भक्तजनलाई मात्रै फर्किन मिल्ने गरी बाटोको व्यवस्था गरिएको छ। मेलामा सहभागी हुन रामनगर र ठिमुरा हुँदै देवघाट पुग्ने सडक प्रयोग गर्नुपर्दछ।

काठमाडौं, पोखरा हुँदै आउने भक्तजन दासढुंगा पुल प्रयोग गरेर तनहुँतर्फको देवघाट पुग्न सक्नेछन्।

  

 

प्रकाशित: २ श्रावण २०७९ ०४:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App