१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

भक्तपुरमा ओपन हाउस हुने

भक्तपुरमा ओपन हाउस २०२२ हुने भएको छ। एसइइ परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै यो कार्यक्रम हुन लागेको हो। कार्यक्रम शनिबार जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुस्थित काठमाडौँ वल्र्ड स्कुलमा हुने छ।

एसइइ दिएर बसेका विद्यार्थीलाई एसइइपछिको दिशानिर्देश दिन कार्यक्रम गर्न लागिएको काठमाडौँ वल्र्ड स्कुलकी मार्कटिंग एण्ड एडमिसन प्रमुख आरती आचार्यले बताइन्। कार्यक्रम शनिबार दिनभर हुने जनाइएको छ।

कार्यक्रममा काठमाडौँ, ललितपुर अनि भक्तपुरलगायतका विभिन्न जिल्लाहरुंबाट आउने एसइइ दिएर बसेका विद्यार्थीलाई निःशुल्क बसको व्यवस्था गरिएको स्कुलले जनाएको छ। काठमाडौँको लागि बानेश्वर, ललितपुरका लागि लगनखेल र मध्यपुर थिमिको लागि थिमि चोकमा बिहान १० बजे गाडीको व्यवस्था रहेको जनाएको हो।

भक्तपुरको पाण्डुबजारबाट भने दिनभर नै प्रत्येक आधाआधा घण्टाको फरकमा स्कुलले गाडीको व्यवस्था गरेको जनाएको छ। कार्यक्रममा प्रवेश निःशुल्क हुने बताएको छ। तर यसका लागि विद्यार्थीले एसइइ परीक्षाको प्रवेशपत्र लिएर आउनुपर्ने छ। कार्यक्रममा विद्यार्थीलाई एसइइपछि के पढ्दा उपयुक्त हुन्छ भने जानकारीसहित मनोरञ्जनको कार्यक्रम तय गरिएको छ।

प्रकाशित: ९ असार २०७९ १२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App