४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

मकैमा फौजी किराको प्रकोप

मकैबालीमा फौजी किराको प्रकोप बढन थालेपछि बैतडीका किसान चिन्तित भएका छन्। तीन वर्ष यता हरेक वर्ष अमेरिकी फौजी किराले मकैबाली नष्ट गर्न थालेको छ। मुख्य खाद्यबालीको रूपमा रहेको मकैमा फौजी किराको प्रकोप  बढेपछि स्थानीय किसान चिन्तित भएका हुन्।

जिल्लाका अधिकांश खेतमा फौजी किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। मकैको पकेट क्षेत्र मानिने यो क्षेत्रमा किराले मकैको बोट सखाप पार्ने गरेको छ। धेरै समयसम्मको खडेरीका कारण फौजी किरा बढी सक्रिय भएको कृषि ज्ञान केन्द्र बैतडीका कृषिप्रचार अधिकृत नरेन्द्रबहादुर चन्दले बताए।

दिनभर लुक्ने र रात परेपछि कीराले मकैको घोगाा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा धेरै बाली नष्ट गर्दै आएको छ। मकैबाली लगाएकै बेलादेखि फौजी किराले मकैबालीमा क्षति पुर्‍याउन थालेको छ। किराले मकैको पातमा पसेर गाभो समेत खाने गरेको छ।

पछिल्ला केही वर्ष यता मकैमा अमेरिकन फौजी किराको प्रकोप देखिन थालेपछि यसको उत्पादनमा समेत ह्रास आउने आएको छ। फौजी किराको प्रकोप नियन्त्रणका लागि जैविक विषादी र रासायनिक विषादीको प्रयोग गर्न सकिने प्राविधिक बताउँछन्।

किरा नियन्त्रणका लागि विषादी वितरण गर्ने कार्य भइरहेको कृषि ज्ञान केन्द्रका कृषिप्रचार अधिकृत चन्दले जनाए। स्थानीय तहको कृषि शाखाहरूको समन्वयमा किसानलाई विषादी वितरण गरिरहेका उनले बताए। प्रकोप देखिएका सबै बारीमा विषादी छर्केपछि मात्रै किराको प्रकोप नियन्त्रण हुने बताइएको छ।

बैतडीमा १३ हजार हेक्टर क्षेत्रफल जमिनमा मकै खेती गरिंदै आएको छ। फौजी किराको प्रकोप देखापरेकाले यस वर्ष उत्पादनमा ह्रास आउने प्राविधिकहरू बताउँछन्।

प्रकाशित: ८ असार २०७९ ०५:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App