६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

पुष्पा हत्या प्रकरण: ताप्लेजुङ जिल्ला अदालतद्वारा दोषीलाई ३६ वर्ष जेल सजायको फैसला

युवतीलाई बलात्कार पछि भीरबाट धकेली हत्या गरेको अभियोगमा पक्राउ परेका राम कार्कीलाई ताप्लेजुङ जिल्ला अदालतले दुबै कसुरमा दोषी ठहर गरेको छ।

जिल्ला न्यायाधिश प्रकाश राउतको इजलासले हत्या कसुरमा जन्मकैद र बलात्कार कसुरमा ११ वर्ष कैद सजाय हुने फैसला गरेको हो। यो संगै कार्कीलाई ३६ वर्षको जेल सजाय र पीडितलाई ३ लाख क्षतिपूर्ति भुक्तान गर्नुपर्ने दायित्व सृजना भएको छ। 

फुङ्लिङ नगरपालिका वडा नं १० फुरुम्बु घर भएका कार्कीले ५ महिना अघि फक्ताङ्लुङ गाउँपालिका वडा नं ३ लिङ्खिमकी पुष्पा तवेबुङ लिम्बूलाई बलात्कारपछि हत्या गरेको ठहर अदालतले गरेको छ। गत असोज १५ गते राति फुङलिङ नगरपालिका ५ सेती चौतारा छेउको भिरबाट धकेली हत्या गरेको कसुरमा प्रहरीले कार्की माथि मुद्दा चलाएको थियो।

नौ महिनादेखि प्रेममा रहेका कार्कीले सँगै मरौं भनेर ललाइफकाइ गरेर विष सेवन गराइ भीरबाट धकेलेर हत्या गरेको दाबी प्रहरीको थियो। पुष्पा मृत अवस्थामा भेटिएपछि परिवारले कार्कीमाथि शंका गरी प्रहरीमा किटानी जाहेरी दिएका थिए। पुष्पाको हत्या भएको दुई दिनपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो भने अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो।

प्रकाशित: १६ फाल्गुन २०७८ ०८:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App