९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

लमजुङमा १९ घरेलु उद्योग खारेज

लमजुङले घरेलु तथा साना उद्योग कार्यालय १९ घरेलु उद्योग खारेज गरेको छ। यहाँ दर्ता गरेर उद्योग सञ्चालन नगर्ने र लामो समयसम्म नवीरकण नगर्ने उद्योग खोरज भएका हुन्।

आर्थिक वर्ष २०७८/७९ का छ महिनाका अवधिमा १९ उद्योग खारेज भएको कार्यालय प्रमुख मिता थापाले जानकारी दिइन्। उनका अनुसार यस अवधिमा ५२१ वटा नयाँ उद्योग दर्ता भएको छ । त्यस्तै सोही अवधिमा १८८ घरेलु उद्योगको नविकरण भएको छ।

आर्थिक वर्ष गत आवको सोही अवधिमा ९७० नयाँ उद्योग दर्ता भएको छ। ३६९ उद्योग नवीकरण भएको थियो। सो कार्यालयले अघिल्लो आव २०७६/७७ मा ११ उद्योग खारेज गरेको थियो। सो अवधिमा ६६९ नयाँ उद्योग दर्ता र २३७ उद्योग नवीकरण भएको घरेलु कार्यालयले जनाएको छ।

आव २०७५/७६ मा छ उद्योग खारेज भएको उक्त कार्यालयले जनाएको छ। उक्त आर्थिक वर्षमा ४६८ नयाँ उद्योग दर्ता भएका र २७० उद्योगको नवीकरण भएको थियो। सो कार्यालयका अनुसार आव २०७४/७५ मा १० वटा उद्योग खारेज गरिएको थियो।

सो अवधिमा २७६ नयाँ उद्योग दर्ता र १६४ उद्योग नवीकरण भएको घरेलु कार्यालयको तथ्याङ्कमा छ। त्यस्तै आव २०७३/७४ मा आठ उद्योग खारेज भएका थिए। उक्त आवमा २०९ नयाँ उद्योग दर्ता भएका र १७३ उद्योगको नवीकरण भएको थियो। 

त्यस्तै वाणिज्यतर्फ आव २०७८/७९ को साउनदेखि पुससम्म ५२ वटा वाणिज्य दर्ता खारेज भएको उक्त कार्यालयले जनाएको छ। कार्यालयका अनुसार यस अवधिमा ३१३ नयाँ दर्ता भएका छन् भने २८८ वाणिज्यको नवीकरण भएका छन्। त्यस्तै आव २०७७/७८ मा ६१ वाणिज्य दर्ता घरेलु कार्यालयले खारेज गरेको छ।

त्यस्तै ६४० नयाँ वाणिज्य दर्ता भएको र ५५८ वाणिज्यको नवीकरण भएको छ। कार्यालयका अनुसार आव २०७६/७७ मा २५ वटा वाणिज्य दर्ता खारेज भएको थियो। त्यस्तै ७६२ वटा नयाँ दर्ता र ३२० वटा नवीकरण भएको थियो। आव २०७५/७६ मा २३ वाणिज्य दर्ता खारेज भएको थियो। रासस

प्रकाशित: २७ माघ २०७८ ०७:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App