५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

रेडक्रस ताथली उपशाखाको नयाँ कार्यसमिति चयन

नेपाल रेडक्रस सोसाइटी ताथली उपशाखाको नयाँ कार्यसमिति चयन गरिएको छ। रेडक्रस ताथलीको शनिबार भएको भेलाले सर्वसम्मत रुपमा घनश्याम खड्कालाई सभापतिमा चुनेको हो।

यसअघि नयाँ कार्यसमिति चयनका लागि भएको १४ औं अधिवेशनको बन्द सत्रमा गणपूरक संख्या पुगेको थिएन। सो समयमा स्थगित भेलालाई शनिबार पुनः बसेको भेलाले १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमाचयन गरेको हो। कार्यसमितिको उपसभापतिमा मेनुका थापा, सचिवमा अच्युत केसी र कोषाध्यक्षमा राम खड्का चयन भएका छन्।

यस्तै उपसचिवमा श्रीकृष्ण केसी, उपकोषाध्यक्षमा नकुल राउत र सदस्यहरुमा क्रमशः सुरेन्द्र ढुंगाना, राजकुमार बस्नेत, मिथिला पराजुली, चण्डिका छुकां चयन भएका छन्।

भेलाले केशरबहादुर खड्का र ईश्वर खड्कालाई कार्य समिति सदस्यमा चयन गरेको छ। ईश्वर खड्का यसअघि उपशाखाको सभापति थिए। रेडक्रसको विधान अनुसार उपशाखाका सभापति स्वतः कार्यसमिति सदस्य हुने प्रावधान छ।

प्रकाशित: १ माघ २०७८ १०:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App