१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

वीरेन्द्रनगर उच्च भूकम्पीय जोखिममा

वीरेन्द्रनगरमा बढ्दो नयाँ घरहरु। तस्बिरः गोविन्द/नागरिक

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर भूकम्पीय उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ। गरिएको एक अध्ययनले वीरेन्द्रनगर भूकम्पीय जोखिमा रहेको देखाएको हो।

राष्ट्रिय भूकम्प सुरक्षा दिवसको पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा वीरेन्द्रनगर पनि जोखिममा रहेको बताइएको हो। भौतिक पूर्वाधार तथा अव्यवस्थित शहरले गर्दा वीरेन्द्रनगर उच्च जोखिममा रहेको भूकम्पसम्बन्धी अध्ययन अध्यापन तथा परामर्श गर्दै आएको त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक दीपक चौलागाईले बतााए। उनले भूकम्प कति बेला आउँछ भन्ने कुरा थाहा नभएपनि कुन क्षेत्रमा बढी जोखिम हुन्छ भन्ने कुरा पत्ता लगाउन सकिने बताए। भूकम्पीय सुरक्षाका उपायहरु अपनाउन उनले जोड दिए।

पुराना संरचनाले बनेका घर तथा भूकम्प प्रतिरोधात्मक मापदण्ड विपरित बनेका कारण कर्णालीमा ५ अर्ब बराबरको क्षति हुनसक्ने चौलागाईले बताए। नयाँ बनेका घरमा मापदण्ड कडाई गरे भूकम्पीय जोखिम कम हुने जनाइएको छ। वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीले भवन तथा घर निर्माण गर्दा भवन ऐन र राष्ट्रिय भवन आंचारसहितालाई ध्यान दिएर निर्माण गरेको बताए। भवन सम्बन्धी सामान्य मापदण्ड पूरा नगर्दा जोखिम बढिरहने बताए। वीरेन्द्रनगरमा वर्षेनि १ हजार बढी घरहरु निर्माण भईरहेका छन्। नगरपालिकाले घर निर्माणमा अनिवार्य मापदण्ड बनाएको छ।

प्रकाशित: ३० पुस २०७८ १३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App