७ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

बलात्कार अभियोगमा वृद्ध पक्राउ

एक युवतीलाई बलात्कार गरेको अभियोगमा उदयपुर प्रहरीले ७० वर्षीय वृद्धलाई पक्राउ गरेको छ। सदरमुकाम त्रियुगा नगरपालिका १२ प्रतिभाटोल बस्ने २५ वर्षीया युवतीमाथि जबरजस्ती गरेको आरोपमा सोही वडाका वृद्ध गणेश खत्री भन्ने जयबहादुर खत्री पक्राउ परेको प्रहरीले जनाएको छ।

सोमबार मध्यान्ह १२ः३० बजे घरमा कोही नभएका बेला खत्रीले घरमै पसेर युवतीमाथि जबरजस्ती गरेको भन्ने जाहेरीका आधारमा उनलाई साँझ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक तथा निमित्त सूचना अधिकारी मोहन थापाले बताए।

इन्सपेक्टर थापाका अनुसार प्रहरी हिरासतमा राखिएका खत्रीलाई मंगलबार जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर थप अनुसन्धान सुरु भएको छ।

प्रकाशित: ६ पुस २०७८ १४:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App