९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

पाँच बङ्गलादेशी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो देखिने पहेँलो धातु, चेनरोल, औँठी र चुरासहित पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरिएको छ।  

पक्राउ पर्नेहरुमा ३० वर्षीय तौहिदुल तनविर, एमडि युनुस अलि, ५० वर्षीय सोभान तालुकदार, २५ वर्षीय जाहिदुल इस्लाम र ३७ वर्षीय एमडि मिराजुल इस्लाम रहेका छन्। पक्राउ परेकामध्ये तौहिदुलको साथबाट २१६ ग्राम, युनुसको साथबाट २३३ ग्राम, सोभानको साथबाट १०० ग्राम, जाहिलदुलको साथबाट ३३२ ग्राम र मिराजुलको साथबाट ४३० ग्राम पहँलो धातु बरामद गरिएको प्रहरीले जनाएको छ।

हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौँ हुँदै मङ्गलबार बङ्गलादेश जान लागेका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाते झोला परीक्षण गर्दा उक्त धातु फेला परेपछि नियन्त्रणमा लिइएको हो। उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।रासस

प्रकाशित: २९ मंसिर २०७८ ०७:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App