१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चौकीदारसहित ८ जना कैदीबन्दीको सरुवा

मोरङ जिल्ला कारागारबाट बुधबार ८ जना कैदीबन्दीको सरुवा गरिएको छ। भदौयता अशान्त बन्दै आएको मोरङ कारागारबाट थप ८ जना कैदीबन्दीको सरुवा भएको हो।

४ वर्षअघि मोरङ कारागारबाट सरुवा गरेर काठमाडौंस्थित डिल्ली बजार कारागार लगिएका कैदीबन्दी अभिषेक गिरीलाई पुनः सरकारले मोरङ पठाउने निर्णय गरेसँगै कारागार अशान्त बन्दै गएको हो।

गिरी अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका छन्। कात्तिक २३ गते मोरङ कारागारभित्र दुई समूहबीच भएको झडपमा ६ जना घाइते भएका थिए। झडपपछि कारागार प्रशासनले चोकीदारसहित १४ जना कैदीबन्दीको सरुवा गरेको थियो। १४ जना कैन्दीबन्दीको सरुवा गरेपछि पनि कारागारभित्र रहेका अन्य बन्दीहरुले गिरीविरुद्ध प्रर्दशन गरेका थिए। जसका कारण कारागार प्रशासनले मोरङ ल्याएर पनि कारागारभित्र प्रवेश गराउने वातावरण नभएपछि सप्तरी जिल्ला कारागार पठाएको थियो।

नेपाली काँग्रेस निकट रहेका गिरीलाई जसरी पनि मोरङ कारागारमा राख्न पार्टीका नेताहरुले सरकारलाई दबाब दिँदै आएको स्रोत बताएको छ। पार्टीका नेताहरुकै दबाबका कारण कारागार प्रशासनले गिरीलाई सप्तरी लगेको दुई सातामै पुनः मोरङ सरुवा गरेको पत्र पठाएको छ।

बुधबार सरुवा गरिएका चौकीदार कार्तिक कामतसहितको समूह गिरीविरुद्ध लागेका थिए। कारागार व्यवस्थापन विभागले चौकीदारसहित ८ जनालाई सिन्धुली कारागार सरुवा गरेको हो।

मोरङ कारागारबाट चौकीदार कात्तिक कामत, सिटी नाइके युवराज परियार, वडा नाइके रितेश कामत, मौसम चौधरी, विजय कामत, विकास महतो, लोकेन्द्र परियार र देवराज मण्डलको सरुवा गरिएको कारागार प्रशासनले जनाएको छ।

२ सय ५० जना क्षमता भएको मोरङ कारागारमा अहिले ९ सय ५० जनभन्दा बढी कैदीबन्दी राखिएको छ।

प्रकाशित: ८ मंसिर २०७८ १३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App