१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अनियन्त्रित भई दुर्घटना हुँंदा स्कुटर चालकको मृत्यु

भक्तपुरको मध्यपुर ठिमी न.पा ८ बोडे तीनदोबाटोमा धुन्चेपाखाबाट बोडेतर्फ आउदै गरेको बाग्मती प्रदेश ०२–०१६ प ३४३६ नं. को स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँंदा एकजनाको मृत्यु भएको छ। मोटरसाइकल चालक राजकुमार तामाङको मृत्यु भएको महानगरीय प्ररिसर भक्तपुरले जनाएको छ।  

घटनास्थलमा महानगरीय प्रहरी वृत थिमीबाट प्र.स.नि. थल बहादुर बानियाँ सहितको प्रहरी टोली पुगी गम्भिर घाइते भएका मोटरसाइकल चालक रामेछाप लिखु गाउँपालिका वडा नं. ६ घर भई हाल भक्तपुर जिल्ला मध्यपुर थिमी धुन्चेपाखा बस्ने बर्ष ३५ को तामाङलाई उपचारको लागि नेपाल–कोरियन मैत्री नगरपालिका अस्पताल थिमी भक्तपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए। 

लाश सोही अस्पतालमा राखिएको जनाइएको छ। महानरीय प्रहरी वृत थिमीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई घटनास्थल प्रकृति मुचुल्का तथा प्रारम्भिक अनुसन्धान कार्य गरी दुर्घटित स्कुटी महानगरीय प्रहरी वृत थिमी, भक्तपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। असावधानिपूर्वक सवारी साधन चलाउदा दुर्घटना हुन गएको देखिएको जनाएको छ।

प्रकाशित: १९ कार्तिक २०७८ ०७:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App