५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

बेपत्ता वृद्धको शव फेला

हराएको दुई दिनपछि उदयपुरका एक वृद्धको मृत शरीर फेला परेको छ। दुई दिनअघि अचानक घरबाट हराएर सम्पर्कविहीन भएका सदरमुकाम त्रियुगा नगरपालिका १२ डीएमगेटका ७८ वर्षीय खड्गबहादुर विश्वकर्माको शव फेला परेको हो ।

शनिबारदेखि हराएका उनको खोजी भईरहेका बेला सोमबार साँझ त्रियुगा नदी किनारमा मृत अवस्थामा फेला परेको परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। त्रियुगा नगरपालिका १३ पोर्ताहस्थित त्रियुगा नदी किनारमा बेवारिसे शव भेटिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए।  

स्थानीयको रिपोर्ट अनुसार जिल्ला प्रहरी कार्यालय उदयपुरबाट टोली घट्नास्थल पुगेर शव हेर्दा विश्वकर्माको पुष्टि भएको जनाएको छ। स्थानीयका अनुसार शव नदीले बगाएर त्यहाँसम्म पुर्‍याएको हो। विश्वकर्माको शव घरदेखि झण्डै ६ किलोमिटर टाढा पर्ने प्रहरीले जनाएको छ।  

प्रहरीले सोमबारै घट्नास्थलको सर्जमिन मुचुल्का गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको थियो। पोष्टर्माटमपछि विश्वकर्माको अन्त्यष्ठि गरिसकेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताएका छन्।

प्रकाशित: १० कार्तिक २०७८ ०४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App