७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

इन्जिनियर दुर्व्यवहार प्रकरणः जनकपुरधाममा तनाव

जनकपुरमा सम्भावित झडप रोक्न तायनाथ सुरक्षाकर्मीहरु। तस्बिर: नागरिक

मुद्दा चलाइएका कार्यकर्ता रिहाईको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ गर्न पुगेका सिके राउतको जनमत पार्टी कार्याकर्ता र सुरक्षाकर्मीबीच घम्साघम्सी भएको छ। कार्यलय प्रवेश गर्न खोज्दा बाँसका भाटा बोकेका जनमत कार्याकर्ताहरुलाई सुरक्षाकर्मीले रोक्दा घम्साघम्सी भएको हो।

जनमत पार्टीले आह्वान गरेको ‘चलु जनकपुर भरु जनकपुर’ कार्यक्रम अन्र्तगत जनमतका कार्यकर्ताहरु बाँसका फट्टा (भाटा) सहित जिल्ला प्रशासन कार्यालय घेर्न पुगेका थिए।खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहालाई दुव्र्यवहार गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाहीको माग राख्दै नेपाल इन्जिनियर्स एसोसियनको अगुवाइमा विभिन्न पेशागत संघसंस्थाहरू ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेको थियो। 

पेशागत संघसंस्थाका प्रतिनिधिहरू जिल्ला प्रशासन कार्यालय नजिकै रहेको बेला पक्राउ परेका कार्यकर्ता रिहा गर्नुपर्ने भन्दै लाठीभाटासहित जनमत कार्यकर्ताहरू घेरा उगर्न पुगेको धनुषा प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले बताए।

पेशागत संघसंस्थाका प्रतिनिधि र जनमत पार्टीका कार्यकर्ताबीच वादविवाद हुनथालेपछि प्रहरीले हस्तक्षेप गरेको थिया। सोही क्रममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच समान्य झडप भएको डीएसपी बस्नेतले बताए। अहिले अवस्था समान्य भैसकेको छ। यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ, उनले भने।

प्रकाशित: ५ कार्तिक २०७८ ०९:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App