१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

कोभिडपछि आत्महत्या बढ्यो

विगतका वर्षको तुलनामा गत आर्थिक वर्षमा नेपालमा कोभिडका कारण आत्महत्या गर्नेको संख्या बढेको सरकारी तथ्यांकले देखाएको छ। नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/०७८ मा नेपालमा सात हजार एक सय १७ जनाले आत्महत्या गरेका छन्। २०७६/०७७ मा आत्महत्या गर्ने छ हजार दुई सय ४१ जना र ०७५/०७६ मा पाँच हजार सात सय ५४ जना थिए। गत वर्ष आठ सय ७६ जना बढीले आत्महत्या गरेका हुन्।

गत आर्थिक वर्षमा नेपालमा भएको आत्महत्याबाट भएको मृत्यु संख्या कोभिड महामारीले भएको मृत्युभन्दा बढी रहेको मानसिक स्वास्थ्यका विज्ञहरूले औंल्याए। आइतबार मानसिक अस्पताल पाटनका निर्देशक डा. वासुदेव कार्कीले ‘विश्व आत्मत्या रोकथाम दिवस’ को अवसरमा प्रस्तुत गर्दै यस्तो बताएका हुन्। उनको अनुसार गत आर्थिक वर्षको नेपालमा भएको आत्महत्याको संख्या १८ महिनाको अवधिमा कोभिडबाट भएको मृत्यु संख्याभन्दा बढी हो। कोभिडको अवधिमा युवा उमेरका किशोर–किशोरीको समेत आत्महत्या गर्ने संख्या बढी भएको डा. कार्कीले बताए। त्यसैगरी वैदेशिक रोजगारीमा जाने युवाको संख्या पनि आत्महत्यामा बढी देखिन्छ। चिकित्सकका अनुसार कुनै पनि प्राकृतिक विपद् तथा महामारीको बेला असुरक्षाको कारण पहिल्यै कुनै न कुनै मानसिक रोग लागिसकेका व्यक्तिमा समस्या बढ्छ। नेपालमा पनि कोभिड महामारीपछि डिपे्रसन, कडा मानसिक रोग भएका र अन्य प्रकारका मानसिक तथा मनोसामाजिक समस्या भएका व्यक्तिबाट आत्महत्या गर्ने गर्छन्। यो कारणले पनि विगतका वर्षमाभन्दा कोभिडपछि नेपालमा आत्महत्या गर्नेको संख्या वृद्धि भएको हो।

मानसिक स्वास्थ्य सर्वेक्षण सन् २००२ अनुसार १० प्रतिशत वयस्कमा आफ्नो जीवनकलमा कुनै न कुनै समयमा आत्महत्याको सोच आउँछ। ३.९ किशोर–किशोरीमा कुनै न कुनै रूपमा आत्महत्याको प्रयास गर्छन्। सन् २०१९ को सर्वेक्षणअनुसार ६.५ प्रतिशत वयस्क समूहले आत्महत्या गर्ने सोच भएको बताएका थिए। सन् २०२० मा प्रत्येक दिन आत्महत्याबाट १९ जनाको मृत्यु भएको थियो। १५ देखि ४५ वर्षभित्रमा महिलाको मृत्युको पहिलो कारण आत्महत्या हुन्छ। प्रत्यके ४० सेकेण्डमा विश्वमा एउटा आत्महत्याको घटना हुन्छ। एकजनाले आत्महत्या गर्दा आत्मह्त्याको प्रयास गर्ने भने २५ जना हुन्छन्। एकजनाको आत्महत्याबाट १ सय ३५ जना प्रभावित हुन्छन्।

आत्महत्या गर्न रोक्न सकिन्छ

आत्महत्या गर्न खोजिरहेको व्यक्तिलाई आफन्त या छिमेकीले रोक्नसक्ने सरोकारवालाले जनाएका छन्। शुक्रबार विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सरोकारवाला विज्ञले हरेक घरपरिवार र टोल छिमेकीको सहयोगले आत्महत्या रोक्न सकिने सुझाए। ९० प्रतिशत आत्महत्या गर्ने व्यक्तिमा मानसिक रोग हुन्छन्। त्यसमा पनि ८० प्रतिशतन डिपे्रसनको समस्या भएका, लामो समयदेखि रक्सी सेवन गरेर मनोसमस्या भएका व्यक्ति हुन्छन्। यस्ता व्यक्तिले आत्महत्याको लागि केही दिनदेखि योजना बनाइरहेका हुन्छन्। जुन योजनाको लक्षण नजिकका व्यक्तिले कुनै न कुनै रूपमा थाहा पाउन सक्छन्।

कुराकानी गर्दा बेलाबखत मर्न मन लागेको कुरा गर्नु, आश्रयविहीन र सहयोगविहीन महसुस गर्ने, एक्कासि खुसी हुने या धेरै दुःखी हुने, आफंैलाई हानि पु¥याउने व्यवहार गर्ने, मृत्युबारेमा कुरा गर्ने, विषादी,, हतियार, औषधि जस्ता माध्यम खोजी गर्ने, परिवार इष्टमित्रलाई भेटविदाइ गर्ने, आफ्नो अन्तिम इच्छा लेख्ने, लागुपदार्थको अत्यधिक सेवन गर्ने, जस्ता आत्महत्या गर्न सजिलो हुने ठाउँहरू, आत्महत्या गर्ने तरिकाको खोजी गर्नु, त्यस्ता सामग्री जुटाउँदै गर्नु जस्ता लक्षण देखाउँछन्। यीमध्ये कुनै पनि लक्षण देखाएमा नजिकको व्यक्तिले समय दिएर कुरा गर्ने, उनीहरूको कुरा सुनेपछि तुरुन्तै नेपालका विभिन्न निकायले प्रदान गरेका हटलाइन सेवामध्येमा कुनै एउटामा फोन गर्ने र घटनाबारेमा जानकारी दिने, सकेसम्म छिटो अस्पताल पु¥याएर मानसिक रोगको उपचार गर्ने तथा परामर्श दिने जस्ता सहयोगले आत्महत्या गर्न खोजेका व्यक्तिलाई बचाउन सकिन्छ। नेपालमा विश्व स्वास्थ्य संगठनले शुक्रबार आत्महत्या रोक्नको लागि ११६६ नम्बरको हटलाइन सेवा प्रदान गरेको छ। चौबिसै घण्टा सेवा प्रदान गर्ने यो हटलाइनमा कसैलाई मनमा गाह्रो भइरहेनमा, तनाव सामना गर्र्न गाह्रो भएमा र आफैंलाई हानि वा दुःख दिन मन लागेमा हटलाइनमा फोन गर्न सकिन्छ।

त्यसैगरी घरमा आत्महत्या गर्न सहज बनाउने सामग्री, विषादी, डोरी जस्ता जोखिम कुरा यस्ता व्यक्तिको पहुँचबाहिर राख्ने, परिवारले हेरचाह पुर्‍याउने, मिडियाले कुनै प्रसिद्ध व्यक्तिले गरेको आत्महत्याको समाचारलाई पहिलो पृष्ठमा नराख्ने, र प्रक्रियाको विस्तृत नलेख्ने र समाचारमा झुण्डिएको तस्बिर प्रकाशित नगर्ने, आत्महत्या सहज हुने स्थलबारेमा समाचारमा उल्लेख नगर्ने जस्ता सावधानी अपनाएर मिडियाले सहयोग गर्न सक्ने त्रिविवि शिक्षण अस्पतालमा मानसिक रोग विभाग प्रमुख डा. सरोज वझाले बताए। उल्लेखित निकायबाहेक हरेक व्यक्ति, समाज र चिकित्सक मिलेर मात्र नेपालमा आत्महत्या रोकथाम गर्न सकिने उनीहरूले अपिल गरेका छन्।  

१३ वटा अस्पतालमा १० शड्ढयाको मानसिक रोग वाड राखिने  

नेपालका विभिन्न १३ वटा अस्पतालमा १० शड्ढयाका मानसिक रोग वार्ड स्थापना गर्ने प्रक्रिया अघि बढिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। शुक्रबार विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या सचिव रोशन पोखरेलले यस्तो जानकारी दिएका हुन्। यो कार्यक्रमको लागि बिरामीलाई औषधि उपचारको लागि ५० लाख बजेट बिनियोजना भइसकेको पोखरेलले बताए।

प्रकाशित: २७ भाद्र २०७८ ०१:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App