१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

भालु खोलाले बगाउँदा बालिका बेपत्ता

खोला बाढीले बगाउँदा यहाँकी एक बालिका विहानदेखि बेपत्ता भएकी छिन्। आईतबार विहान ७ बजेको समयमा त्रियुगा नगरपालिका ७ भालुखोलाकी १३ वर्षीया याशिका राईलाई एक्कासी आएको बगाएर बेपत्ता बनाएको हो।  

भालुखोला छेउमा फसेको १ नं. प्रदेश ०५–००१ ह ०१२७ नं. को अटोरिक्सा निकाल्न परिवारका सदस्यहरुसँगै उनी पनि गएकी थिईन्। अटो निकाल्दै गर्दा राईलाई खोलामा एक्कासी आएको बाढीले अटोसहित बगाएर बेपत्ता पारेको बालिकाको आमा यमकुमार राईलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।  

अटो रिक्सा भने घट्नास्थलको ५ सय मिटर तल खोलामा फेला परेको छ। तर, बालिका भने अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ। उनको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालयका डिएसपी कमाण्डमा टोली परिचालन गरिएको छ। चुरे जंगल मुहान भएको सामान्य खहरे मानिने भालु खोलामा निरन्तर वर्षाका कारण मान्छे बगाउने बाढी आएको स्थानीयले बताएका छन्।

केहीदिनयता उदयपुरमा भईरहेको निरन्तर वर्षाले जनधनको क्षति गरिरहेको छ। वर्षाका कारण पहाडी भेगमा पहिरो गएर सडकहरु अवरुद्ध हुन पुगेका छन् भने समथर भेगमा बासिन्दाले डुबान र कटानको समस्या भोग्नुपरेको स्थानीयको गुनासो छ। 

प्रकाशित: २० भाद्र २०७८ ०३:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App