१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

किराँत राई चाम्लिङ खाम्बातिमले सिरिजंगा लिपी अपनाउने

सिरिजंगा लिपीको प्रयोग सम्वन्धी किरात राई चाम्लिङ खाम्बातिमले आयोजना गरेको कार्यशालामा सहभागी। तस्बिर सौजन्य: तिलक चाम्लिङ

किरात राई चाम्लिङ खाम्बातिमले सिरिजंगा लिपी अपनाउने भएको छ। हालसम्म नेपाली भाषाको देवनागरिक लिपी प्रयोग गर्दैआएको किरात राई समुदायको साझा संस्था किरात राई चाम्लिङ खाम्बातिमले आगामी दिनमा किरात सिरिजंगा लिपी प्रयोग गर्ने भएको हो।  

सिरिजंगा लिपी प्रयोगका लागि किरात राई चाम्लिङ खाम्बातिमले पहिलो चरणमा किरात राई यायोक्खाको कार्यालय कोटेश्वर काठ्माण्डौंमा किरात सिरिजंगा लिपि लेखन कार्यशाला गरेको हो। खाम्बातिमले काठमाडौंमा रहेका भाषिक अभियान्ता तथा संस्कृतिकर्मीलाई भेला गरेर सिरिजंगा लिपि लेखन कार्यशाला गरेको चाम्लिङ भाषामा प्रकाशन हुँदैआएको सितिमि मासिकका सम्पादक तिलक चाम्लिङले बताए।

हालसम्म देवनागरिक लिपी प्रयोग गर्दैआएको खाम्बातिमले आगामी दिनमा चाम्लिङ भाषाको पाठ्यापुस्तक, चाम्लिङ खाम्बातिमसँग सम्वन्धित पुस्तक, जर्नल, पत्रपत्रिका, मुखपत्रमा सिरिजंगा लिपीलाई प्रयोग गर्ने निर्णय गरेको जनाएको छ। कार्यशालामा चाम्लिङ वर्णमाला तथा किराती भाषाको साझा लिपिबारे भाषाविद् डा.तारामनि राई र किरात लिपि तथा यसको औचित्यबारे किरात राई प्रज्ञा परिषद्का कुलपति जयकुमार राईले प्रष्ट पारेका थिए। 

खाम्बातिमले चाम्लिङ राई समुदायलाई सिरिजंगा लिपी सिकाउनका लागि गाउँ–गाउँमा प्रशिक्षक खटाउने पत्रकार चाम्लिङले बताए। सिरिजंगा प्रथमले आविष्कार गरेको सिरिजंगा लिपीलाई विशेषगरी लिम्बू र राई समुदायले किरात लिपीका रुपमा समेत बुझ्न् गरेका छन्।  

प्रकाशित: १५ भाद्र २०७८ ०७:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App