४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

श्रीमतीमाथि एसिड प्रहार गर्नेलाई साढे १० वर्ष कैद

श्रीमतीमाथि एसिड प्रहार गर्ने धनुषाका सञ्जीव साहलाई जिल्ला अदालतले १० वर्ष ६ महिनाको जेल सजाय सुनाएको छ।

विहीवार न्यायधीश कृष्णमुरारी शिवाकोटीको एक इजलासले साहलाई १० वर्ष ६ महिना कैदसहित ६ लाख ५० हजार जरिवाना र त्यतिकै रकम क्षतिपूर्ति दिलाउने फैसला सुनाएको अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए।

सञ्जीवले गत कात्तिकमा दिपावलीका दिन श्रीमती आरती र छोरी रियामाथि एसिड प्रहार गरेका थिए। एसिड प्रहारबाट आरतीको अनुहारमा घाउ हुनुका साथै दाहिने आँखा गुमेको थियो। दाहिने छातिलगायत अंगमा पनि गम्भीर असर परेको छ।

फैसला आउनुअघि आजै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पीडित आरतीलाई प्रदेश सरकारको तर्फबाट ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका छन्।

प्रकाशित: १० भाद्र २०७८ १३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App