१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

इटहरी सडक बालकमुक्त शहर

इटहरी क्षेत्रबाट एक वर्षमा नौ जना सडक बालकलाई उद्वार गरिएको छ। केही वर्ष अघिसम्म यहाँ बग्रेल्ती सडक बालक भेटिने गरेकोमा अब भने भेटिँदैनन्। जसले गर्दा इटहरी अब सडक बालकमुक्त शहर भएको छ।  

२०७७ साउनदेखि २०७८ असारसम्ममा नौ जना बालकलाई उद्वार गरी बालबालिका संरक्षण केन्द्रमा बुझाइएको हो। जसले गर्दा अब इटहरीमा सडक बालकमुक्त शहर भएको घोषणा गरिएको छ। उद्वार गरिएका बालकलाई बालबालिकाको हितमा कार्यरत संस्थाका जिम्मा लगाएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।  

खासगरी, सडक बालक चोरी र लागूऔषध कुलतमा फस्ने गरेका छन्। जसले गर्दा केही वर्षअघिसम्म इटहरी क्षेत्रमा हुने गरेका कतिपय चोरीका घटनामा सडक बालकको संलग्नता हुने गर्थ्याे। पछिल्लो समय चोरी र लागूऔषधमा सडक बालकको संलग्नता नभएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।  

आर्थिक अभाव, पारिवारिक समस्या, दुर्व्यवहार, उचित शिक्षाको अभाव, समुदाय र परिवारको चेतनास्तरको कमी, सामाजिक द्वन्द्वलगायतका समस्याका कारण कतिपय बालबालिकाहरू शहरी क्षेत्रमा गएर सडक बालबालिकाको रुपमा भौतारिने गरेका छन्। तीव्र जनसङ्ख्या वृद्धि, आर्थिक, सामाजिक अवस्था र परिवारमा उचित वातावरणको अभावका साथै बाबुआमाको माया, स्नेह र उचित रेखदेखको अभावमा थुप्रै बालबालिका सडक बालबालिकाको रुपमा जीवन बिताउने गरेको पाइएको छ।

प्रकाशित: १७ श्रावण २०७८ १४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App