१० भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

केएस इन्टरनेशनल तोडफोड गर्नेविरुद्ध उजुरी लिन प्रहरीद्वारा अस्वीकार

त्रिपुरेश्वस्थित केएस इन्टरनेशनल तोडफोड गर्नेहरुविरुद्ध प्रहरीले उजुरी लिन अस्वीकार गरेको छ। बिहीबार दिउँसो केएस इन्टरनेशनलका सञ्चालकहरुमाथि आक्रमण गर्ने र पसल तोडफोड गर्नेहरुविरुद्ध उजुरी दर्ता गर्न जाँदा महानगरीय प्रहरी वृत्त अनामनगरले उजुरी नै दर्ता नगरी उल्टै थुनिदिने धम्की दिएको पीडितहरुले बताएका छन्। 

बिहीबार दिउँसो गाडी चालक र सुरक्षा गार्डबीच भएको विवादमा उनीहरुले सञ्चालन गरेको पसल तोडफोड गरेको सञ्चालक इभान कार्कीले बताए। उनले आफ्नो पसल तोडफोड गर्ने र आफूहरुमाथि कुटपीट गर्नेहरुमाथि कारबाहीको माग लिएर सिसी टिभीको फूटेजसहित प्रहरी कार्यालयमा उजुरी दिन जाँदा प्रहरी निरीक्षक विक्रम सुवेदीले उजुरी लिनुको साटो थुनिदिने धम्की दिएको बताए।  

सिसी टिभी फूटेजमा प्रहरी आइनपुग्दै कुट्नु पर्ने र प्रहरी आएपछि कुट्न पाइँदैन भन्दै आक्रमण गरेको देख्न पाइन्छ। तर प्रहरीले कुटपीट गर्नेहरुमाथि कारबाहीको कुनै प्रकृया नअपनाएको पीडितहरुले बताएका छन्।  

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पनि सो घट्नामा संलग्नहरुलाई पक्राउ गरी थुन्न आदेश दिएको भएपनि उनीहरुलाई पक्राउ गर्नुको साटो उल्टै उजुरीनै नलिई पीडितहरुलाई प्रहरी निरीक्षक सुवेदीले धम्क्याएको उनीहरुको भनाई छ। तर महानगरीय प्रहरी परिसरका सूचना अधिकारी प्रहरी निरीक्षक अनिल अधिकारीले डिएसपीको सरुवा हुँदा अनामनगर प्रहरीले उजुरी लिन ढिलाई गरेको बताए। ‘डिएसपी नहुँदा उजुरी लिन ढिलाई भएको होला’, प्रहरी निरीक्षक अधिकारीले भने।

पीडितहरु जिल्ला प्रशासन कार्यालयका अधिकारीहरुको दबाबले आफ्नो उजुरी लिन प्रहरीले आनाकानी गरेको आरोप लगाएका छन्।

प्रकाशित: २० असार २०७८ १५:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App