७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

चुमनुब्री गाउँपालिकाको केन्द्रमा एक सातादेखि टेलिफोन अवरुद्व

सिर्दिबास क्षेत्र ।

गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिबास फिलिम एकसातादेखि सञ्चार सम्पर्क बिच्छेद भएको छ । त्यहाँ सञ्चालित एक मात्र स्काई प्रविधिको फोन सेवा एकसातादेखि अबरुद्व भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले बताए ।  

मोबाइल सेवा अवरुद्व भएपछि फिलिम, चिसापानी, एक्लेभट्टी, घट्टेखोला, जगत, सल्लेरी, सिर्दिबास लगायतका गाउँका बासिन्दाले दुःख पाएका छन्। गाउँपालिकालाई अन्य वडामा संचार सम्पर्क गर्न पनि समस्या भएको उनले बताए। यस्तो बेलामा यहाँ कतै पहिरो गइहाल्यो भने पनि कसैलाई सम्पर्क गर्न सकिदैन। 

खाद्यान्न लगायतका अत्यावश्यक सामान ढुवानी गर्न पनि विभिन्न ठाउँमा बाटो अबरुद्ध भएको होला तर फोन गर्न नपाउँदा केही जानकारी पाउन नसकिएको स्थानीय सुजन गुरुङले बताए। सेटलाइट प्रविधि पनि ठिक रहेको, ट्रान्समिसन पनि ठिक अबस्थामा रहेको तर टावरको एमसीपीमा खराबी आएको हुनसक्ने नेपाल टेलिकम गोरखाका प्रमुख राजेन्द्र श्रेष्ठले जानकारी दिए । फिलिम पुग्न सदरमुकामबाट तीन दिन पैदल हिड्नु पर्छ। बाढी पहिरोका कारण बाटो ठाउँठाउँमा अबरुद्व हुँदा जाने सम्भावना पनि नभएको उनले बताए। 

प्रकाशित: ९ असार २०७८ ०४:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App