७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

तालाबन्दी गरेका औषधि पसल उपमहानगरद्वारा खुल्ला

कर शाखाका अधिकृतको नेतृत्वमा खटिएको टोलीले इटहरी क्षेत्रका तीनवटा औषधि पसलमा अनुगमन गरि तालाबन्दी गरेको भोलिपल्ट उपमहानगरपालिकाले नै ताला खोलेको छ।  

कर शाखाका अधिकृत नवीन भट्टराईं नेतृत्व टोलीले अनुगमन गरि तालाबन्दी गरेका सामूदायिक अस्पतालको औषधि पसल, कलश पोलिक्लिनिक र एरभ मेडिस्को बन्द गरेकोमा औषधि व्यवसायीले बिरोध गरेपछि उपमहानगरपालिकाले ताला खोलेको हो । अधिकृत भट्टराईंको नेतृत्वमा गएको टोलीले उपमेयर लक्ष्मी गौतमको आदेश भन्दै बच्चाले खाने भिटामिन सनलाईट डि थ्रि औषधिको म्याद गुज्रिएको जनाउँदै बुधबार तालाबन्दी गरेका थिए ।

इटहरी औषधि व्यवसायी संघको अगुवाईंमा बिहीबार विज्ञ व्यक्ति बिना अनुगमन गरिएको र औषधीको म्याद नगुज्रिएपनि बाहिर स्टिकरमा मात्र त्रुटी भएको जनाएर इटहरी उपमहानगरपालिकाको ध्यानाकर्षण गराएपछि ताला खुलाइएको हो । औषधि पसलमा कर अधिकृत भट्टराईको नेतृत्वमा उपभोक्ता हित मञ्च र प्रहरीको संलग्नतामा गरिएको थियो ।

व्यवसायीले भने औषधि व्यवस्था विभाग वा उपमहानगरपालिकाकै स्वास्थ्य महाशाखाका कर्मचारी भए जायज हुने नत्र त्यससम्बन्धी ज्ञान नै नभएको व्यक्तिद्वारा गरिएको अनुगमन दुःख दिने नियत भएको भन्दै उपमहागनरपालिकालाई ध्यानाकर्षण बुझाएका थिए । त्यसक्रममा इटहरी नागरिक समाज अध्यक्ष शन्त डुमजन र उपमेयर लक्ष्मी गौतमबीच चर्काचर्की समेत हुन पुग्यो । ताला गरिएका पसल खुलेसँगै औषधि व्यवसायीले बिहीबार १ बजेदेखि बन्द गर्न घोषणा गरिएका पसल पनि सुचारु गरेका छन् ।

मेयर द्दारिकलाल चौधरीले उजुरी आएका आधारमा उपमेयर गौतमको निर्देशनमा अनुगमन भएको बताए । उनले औषधिको बाहिर बाहिर खोलको स्टिकर त्रुटी भएकाले गर्दा शंका उत्पन्न भएतापनि त्यसको वास्तविकता बुझेर उपमहानर सार्वजनिक गर्ने बताए ।

प्रकाशित: २० जेष्ठ २०७८ १५:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App