६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

पानी लिन गएकी महिला मृत भेटिइन्

खोटाङमा पानी लिन गएकी महिला मृत भेटिएकी छन्। आइतबार बिहान ६ बजेतिर धारामा पानी लिन गएकी हलेसी तुवाचुङ नगरपालिका–५ बडहरेका ६६ वर्षीया जानुका पौडेल मृत भेटिएकी हुन्। घरभन्दा केही परको खोलामा रहेको धारामा पानी लिन गएकी जानुका अबेरसम्म नआएपछि छोरा खोज्न जाँदा मृत फेला परेको वडाध्यक्ष किशोर बस्नेतले बताए।  

टाउको र कम्मरमा गहिरो चोट लागेको अवस्थामा जानुकाको शव भेटिएको हो। उनको माथिबाट खसेको ढुंगाले लाग्दा ज्यान गएको अनुमान गरिएको छ। आफन्त भेला भएर अवलोकन  गर्दा माथिबाट पहिरो खस्दा झरेको ढुङ्गाले किचेर जानुकाको मृत्यु भएको अनुमान गरिएको वडा सदस्य शेषकुमार पौडेलले बताए।

प्रकाशित: १६ जेष्ठ २०७८ ०७:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App