५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

टीकापुर अस्पतालमा दुई दिनमा १४ जना संक्रमितकाे मृत्यु

शव लैजाँदै आफन्त । तस्बिरः योगेश रावल

कैलालीको टीकापुर अस्पतालमा उपचारका क्रममा आज थप आठ जनाको ज्यान गएको छ। हिजो मात्रै अस्पतालमा छ जनाको ज्यान गएको थियो। गएरातिदेखि अहिलेसम्म ज्यान जानेमा टीकापुर नगरपालिकाका ४, जानकी र बर्दगोरीया गाउँपालिकाका १/१ जना र जोशीपुर गाउँपालिकाका २ जना रहेका छन्। 

अस्पतालका मेसु डा. रेमकुमार राईका अनुसार टीकापुर नगरपालिका–१ का ५१ वर्षीया महिला, १ कै ४५ वर्षीया महिला, ७ का ६० वर्षीया महिला र ७ कै ६७ वर्षका पुरुषको ज्यान गएको छ। त्यस्तै जानकी गाउँपालिका–१ का ५८ वर्षका पुरुष र बर्दगोरीया गाउँपालिका–४ का ४५ वर्षका पुरुष र जोशीपुर गाउँपालिका १ का ५० वर्षका पुरुष र ५ का ६० वर्षमा पुरुषको समेत उपचारका क्रममा ज्यान गएको छ।  

उनीहरु सबैलाई कोरोनाको लक्षण देखिएको मेसु डा. राईले जानकारी दिए। उनका अनुसार मृतक सबैमा स्वासप्रश्वास र फोक्सोमा समस्या देखिनुका साथै अक्सिजनको मात्रा कम हुँदै गएको थियो। उनीहरु मध्ये कतिपयको कोरोना पोजेटिभ रिपोर्ट आएको र कतिपयको रिपोर्ट आएको छैन।  

‘रिपोर्ट आए पनि नआए पनि सबैजनामा कोरोनाको लक्षण देखिन्थ्यो’, मेसु डा. राईले भने,‘अस्पतालमा उपचारका लागि आएका सबैजनामा यस्तै स्वास्थ्य समस्या देखिने गरेको छ।’

अस्पतालमा बिरामीको चाप अत्याधिक बढेको छ। बिरामीको चाप बढेसँगै अस्पतालमा उपचार गर्न कठिनाई भैरहेको मेसु डा. राईले बताए। उनले अस्पतालको बरण्डामा राखेर बिरामीको उपचार गर्नुपरिरहेको बताए।  

उपचाररत बिरामीलाई तत्काल अक्सिजनको अभाव भएको छ। हिजो अक्सिजनको अभावमा बिरामीले ज्यान गुमाएको समाचार सार्वजनिक भएपछि स्थानीय अक्सिजनको व्यवस्थापनका लागि आफै अग्रसर भैरहेका छन्। उनीहरुले अक्सिजन खरिदका लागि आर्थिक संकलन अभियान सुरु गरेका छन्।

प्रकाशित: २७ वैशाख २०७८ ०८:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App