१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

प्रदेश १ मा एकको मृत्यु, सात संक्रमित थपिए

कोराना भाइरस संक्रमित एक जना पुरुषको विराटनगरमा मृत्यु भएको छ । विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारत एक जना वृद्धको सोमबार बिहान १२ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । झापाको दमक–८ का ९२ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको हो । चैत २५ गते परिवारका ५ जनालाई संक्रमण पुष्टि भएपछि कोभिड अस्पतालमा भर्ना भएका थिए ।  

मधुमेहबाट पीडित वृद्धको उपचारका क्रममा मृत्यु भएको कोभिड अस्पतालका निमित्त संयोजक एपोलो भगतले बताए । उनका अनुसार वृद्धको मृत्यु भएपछि परिवारका अन्य ४ जना पनि घर फर्किएका छन् । संक्रमणमुक्त नभई उनीहरु मृतकको शव लिएर घर गएका हुन् । लक्षण नभएकाले घर जान दिइएको भगतले बताए । कोभिड अस्पतालमा गत पुस २६ पछि पहिलो पटक संक्रमणबाट मृत्यु भएको हो ।  

त्यसैगरी, प्रदेश १ मा  सोमबार ७ जना कोरोना संक्रमित थपिएका छन्  । १ सय ६८ जनाको पीसीआर परीक्षण गर्दा २ महिला र ५ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  

मोरङमा ३, सुनसरीमा २, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।  

मोरङको विराटनगरमा २ र धनपालथानमा १, सुनसरीको दुहबी र इटहरीमा १–१, उदयपुरको चौदण्डीगढीमा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ४५ पुगेको छ ।

प्रकाशित: ३० चैत्र २०७७ ११:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App