११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

नागरिककर्मी किसी सम्मानित

नागरिककर्मी कृष्ण किसी ज्ञानदेवी मणिरत्न स्मृति पत्रकारिता पुरस्कारबाट शुक्रबार सम्मानित भएका छन्। नेवाः पत्रकार राष्ट्रिय दबूको आठौ वार्षिक साधारणसभामा उनलाई वागमती प्रदेशका सांसद राजेश शाक्य र मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा नगद रु १५ हजारसहित शिल्ड तथा प्रमाणपत्र प्रदान गरी सम्मानित गरिएको हो। कार्यक्रममा अन्य दुई जना पत्रकार र एउटा सञ्चारगृहलाई पनि सम्मान गरिएको छ।

वरिष्ठ पत्रकार राजेन्द्र स्थापितलाई ज्ञानज्योती लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कारबाट र सक्रिय महिला फोटो पत्रकार रेखा शाक्यलाई बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो। बौद्ध धर्म सम्बन्धी सामग्री प्रचार प्रसारमा योगदान दिएको भन्दै बोधि टेलिभिजनलाई भिक्षुकुमार कास्यप स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको हो। यस्तै सगरमाथा आरोही कल्पना महर्जनलाई पनि विशेष पुरस्कारबाट पुरस्कृत गरिएको छ।

प्रकाशित: २० चैत्र २०७७ ०९:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App