१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

राजापुर नगरपालिकामा सरुवा प्रकरणः नगर प्रमुखको विरोधमा कार्यपालिका सदस्यको निर्णय

माघ २९ गते निर्णय अनुसार संघीय मन्त्रालयले राजापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेलाई राजापुर नगरपालिकामा कामकाजका लागि खटायो। तत्कालिन प्रमुख प्रशासकीय अधिकृत बसन्तराज अधिकारीलाई खेलकुद मन्त्रालय तान्यो।  

नेकपा प्रचण्ड-नेपाल समूहको आन्दोलनमाा सहभागी हुन काठमाडौ पुगेका नगर प्रमुख शिवप्रसाद थारुले मन्त्रालयले नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरुवा गरेको विषयलाई लिएर राजापुर नगरपालिकामा कामकाज रोक्न निर्देशन दिए। तीन दिन कामकाज रोकिँदा सेवाग्राहीले सास्ती पाए। नगर प्रमुखको निर्देशनमा हाजिर पुस्तिका गायव पार्दा कार्यालय प्रमुखदेखि कर्मचारी हाजिर हुन पाएनन् भने सम्पूर्ण नगरपालिकाका सेवाबाट नगरवासी तीन दिन बन्चित भए।

दुई वर्षअघिदेखि कार्यरत माओवादी समर्थक प्रमुख प्रशासकीय अधिकृत वसन्तराज अधिकारीको सरुवा रोक्न लाग्दा बहुमत कार्यापालिका सदस्य असन्तुष्ट भएर नगर प्रमुख थारुको विरोधमा उत्रिएका छन्।  

राजापुर नगरपालिकाका नगर प्रमुख थारुले उनकै पार्टीकी उपप्रमुख मनकला चौधरीलाई सर्कुलर गरेर कार्यकारी नस्वीकार्न भन्दै हाजिर पुस्तिका गायव बनाउँदा तीन दिन राजापुर नगरपालिका ठप्प भएको देश भरमै चर्चा भयो।

बहुमत कार्यपालिका नयाँ कार्यकारी पक्षीय देखिए पनि नगर प्रमुख थारुले सरुवा अमान्य भएको भन्दै कार्यकारी र मन्त्रालयको बारेमा सार्वजनिक रुपमा नकारात्मक अभिव्यक्ति दिए।  

नगर प्रमुख र उपप्रमुखविरुद्ध बहुमतका सदस्य निर्णयले कार्यकारीको न्यौपानेको आवश्यक्ता औल्याँएपछि विवाद सतहमा आएको हो। ५० जना जनप्रतिनिधि मध्य ३५ जनाले आर्थिक अनुशासनका लागि न्यौपाने खाँचो भएको औल्याउँदै बहुमतका सदस्यको निर्णय मन्त्रालयमा पत्राचार गरेका छन्। मन्त्रालयले गरेको सरुवा लिएर नगर र उपप्रमुख सरुवाको विपक्षमा देखिएका छन् भने अन्य जनप्रतिनिधिले आर्थीक सुशासनका लागि न्यौपाने खाँचो औल्याएर मन्त्रालय पठाएको पत्रमा उल्लेख गरिएको छ।

विवाद उत्कर्षमा पुगेको बेला न्यौपानेको पक्षमा बहुमत समर्थनको निर्णय गरेर मन्त्रालय पठाएको वडाध्यक्ष रमन रेग्मीले बताए। ‘म कांग्रेसको वडा अध्यक्ष हुँ, कांग्रेसको बहुमत छ’ उनले भने,‘विकास हुन्न भनेर नगर प्रमुखले आफ्नै पार्टीका हाकिम राख्दा बहुमत नै चुप लाग्यौ, आन्दोलनको खर्च र नक्कली विल भुक्तानी गराउन आफू अनुकुल प्रमुख प्रशासकीय अधिकृत ल्याउनु खोज्ने प्रवृत्तिको हामीले विरोध गर्नै पर्ने भयो।’ कोरोना कहरको समयमा आईटि शाखामा कार्यरत कर्मचारीबाट २० लाख अवैधानिक तरिकाले भुक्तानी लिएर खर्च गरेको नगर प्रमुख थारुलाई आरोप लागेको स्रोत दाबी गर्छ।  

नेकपा प्रचण्ड-माधव समूहको आन्दोलनलाई शसक्त बनाउन नगरपालिका आर्थिक व्यबहार हुने गरी काठमाडौ लैजाने र जिल्लामा हुने आन्दोलनमा कार्यकर्ता बोक्न नगरपालिकाको स्रोत र साधनको दुरुपयोग आरोप खेपेका नगरप्रमुखले कार्यकारी न्यौपाने विपक्षमा सार्वजनिक रुपमा नकारात्मक टिका टिप्पणी गरेकाले कार्यकापालिका बहुमत सदस्य न्यौपानेको पक्षमा निर्णय गरेर देखिएका हुन्।  

मन्त्रालयले कामकाजलाई खटाइएको ठाउँमा हाजिर हुने क्रममा नगर प्रमुख थारुले फोन गरेर मानसिक यातना दिएको प्रशासकीय अधिकृत न्यौपानेले बताए। ‘जनप्रतिनिधिको विरोधमा कार्यालय प्रमुखले के काम गर्न सक्छ र? कार्यपालिकामा निर्णय भएका विकास काम अघि बढाउनु पर्ने दायित्व मात्र हो’ उनले भने,‘नगरवासीका अभिभावक नगर प्रमुख र उपप्रमुखको निर्देशन बमोजिम कार्यालय प्रमुखले काम गर्न पर्ने हो,सोहि अनुसार हुन्छ।’

यसअघि राजापुर जोडिएको गेरुवा गाउँपालिका कार्यरत रहँदा शिक्षा, स्वास्थ्य र विकासमा प्राथमिकताका साथ काम गरेका थिए। शिक्षामा बेथितिलाई सुधार गर्न अग्रसर भएका बेला न्यौपानेको समय नपुग्दै मन्त्रालयले सरुवा गरेकोे स्थानीयको बुझाइ छ। ८ वटा पालिकामा पालिका प्रमुखका रुपमा काम गरिसकेका न्यौपाने सफल कार्यकारी मध्यमा पर्छन्।

अनिमियतताको बिपक्षमा सँधै देखिने न्यौपानेको मनोत्रासमा नगर प्रमुख थारु रहेको कार्यपालिका एक सदस्यले बताए। ‘नगर प्रमुख संघीय कर्मचारीसँग यति त्रसित किन?’ उनले प्रतिप्रश्न गरे।

अनियमितता नियन्त्रण नियम संगत काम गराउनु पर्ने अडान लिने परिचित न्यौपानेले नगरप्रमुख थारुले आन्दोलनका नाममा गरेको खर्च र यसअघि अपारदर्शिता सार्वजनिक हुने मनोत्रासमा रहेका नगर प्रमुख न्यौपानेको सरुवाको अडान लिएको वडाध्यक्षले आरोप लगाएका छन्। उता, पटक पटक सरुवा भएका कार्यकारी राजापुर नगरपालिकामा सरुवा मन्त्रालयको ज्याजदी भएको भन्दै नगर प्रमुख थारुले सरुवाको विरोध गरे। ‘नगर प्रमुखलाई नसोधेर मन्त्रालयले सरुवा गर्छ, स्थानीय सरकारको मतलव भएन,’थारुले गुनासो गरे।

प्रकाशित: ६ फाल्गुन २०७७ ०७:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App