५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

खोटाङमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। दिक्तेलबजारको हाटडाँडातर्फबाट गिटी बोकेर त्रिबेणीचोकतर्फ जाँदै गरेको ना ५ त ६६९१ नम्बरको टयाक्टरको ठक्करबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३५ वर्षीय गोरखनाथ गेलालको मृत्यु भएको हो। शनिबार साँझ ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका गेलाललाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याए लगत्तै मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताए।  

प्रहरीले ठक्कर दिने ट्याक्टर र चालक साकेला गाउँपालिका–४ मात्तिमका ३२ वर्षीय योगेन्द्र कट्वाललाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय अगाडि ठक्कर दिएका गेलाललाई साँझ ६.१० बजे अस्पताल पुर्‍याइएको थियो। मानसिक सन्तुलन अस्वस्थ भएका गेलाल दिक्तेलबजारमा मागेर जिवीका चलाउँदै आएका थिए। शवको आइतबार पोष्टमार्टम गरेर आफन्तलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ फाल्गुन २०७७ ०४:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App