१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

रुपन्देहीमा खानेपानीको पाइप राखिएको थुप्रोमा आगलागी

रुपन्देहीको तिलोत्तमा ४ सीमानगरमा खानेपानी आयोजनाका पाइप राखिएको थुप्रोमा आगलागी भएको छ । आगलागीबाट लाखौं मुल्यका पाइप जलेर नष्ट भएको छ । क्षतिको एकिन विवरण भने आइसकेको छैन ।  

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गत शंकरनगर खानेपानी तथा सरसफाइ संस्थाको ओभरहेड टंकी परिसरमा राखिएको पाइपमा शनिबार बिहान ११ बजेतिर आगलागी भएको हो । बुटवल, तिलोत्तमा र सिद्धार्थनगरबाट झिकाइएका दमकलले आगो नियन्त्रण्मा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपि प्रतितसिंह राठौरले बताए । आगालागी सुरु भएको करिब पौने घण्टामै आगो नियन्त्रणमा आएको स्थानीयले बताएका छन । आगलागीको कारण भने नखुलेको र अनुशन्धान भइरहेको डिएसपि राठौरले बताए ।  

प्रकाशित: १० माघ २०७७ ०९:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App