१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

धरानमा २२० केभी प्रसारण लाइनको सब स्टेशन बन्ने

धरानको वडा नं २० मा विष्णुपादुका क्षेत्रमा २२० केभि प्रसारण लाइनको निर्माणाधीन टावर । तस्बिर : नागरिक

नेपाल सरकारले धरानमा २२० केभी कोशी कोरिडोर प्रसारण लाइनको सब स्टेशन बनाउने निर्णय गरेको छ।

मन्त्रीपरिषदको निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङले धरानमा २२० केभी सब स्टेशन निर्माण गर्न आवश्यक प्रक्रिया शुरु गर्ने निर्णय गरेको जानकारी दिए। सरकारको यो निर्णयले धरानलाई दीर्घकालिनरुपमा भोल्टेजको समस्या हल गर्ने अपेक्षा गरिएको छ।  

कोशी कोरिडोर प्रसारण लाईनको विवाद भएर काम अवरुद्ध भएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङसहितको छलफलमा धरानलाई राहत दिने गरि सब स्टेशन बनाउने सहमति भएको थियो। सोही सहमति अनुसार आयोजनाले सब स्टेशन बनाउने प्रस्ताव मन्त्रालयमा गरेको थियो।

आयोजनाको प्रस्ताव अनुसार धरानमा १३२ केभीको सबस्टेशन बन्ने छ। यो अहिलेको भन्दा धेरै गुण बढी भोल्टेजको सबस्टेशन हो। अहिले धरान हुँदै गएको राष्ट्रिय प्रसारण लाइनको ३३ केभि क्षमताको मात्र सबस्टेशन रहेको छ। पूर्व क्षेत्रमा १३२ केभीको सबस्टेशन दुहबी र झापाको अनारमनीमा मात्र छ। ‘यो सब स्टेशन धरानको भोल्टेजलाई सुधार गर्ने लक्ष्य लिएर बन्न लागेको हो, यसले ५० औं वर्षसम्म धरानलाई पुग्छ,’आयोजनाको धरान सेक्सनका कर्मचारी उदय गुँरागाईले भने,‘सब स्टेशनको लागि १ अर्ब ७० करोड हाराहारीमा बजेट र प्रोजेक्ट मेनेजर पनि नियुक्ती भइसकेको छ।’

यो सब स्टेशन धरानकै लागि निर्माण हुन लागेकोले धरानको मुहार फेरिने उपमेयर मञ्जु भण्डारी सुवेदीले बताइन्। बजेट पनि विनियोजन भइसकेकोले सब स्टेशनको लागि जग्गा किन्ने प्रक्रिया अघि बढी रहेको उनले बताइन्। ‘यो सब स्टेशन धरानको लागि हो। स्टेशन बनेपछि २४ घण्टा आवश्यक भोल्टेजमा विजुली हुन्छ,’उनले भनिन्,‘यसले गर्दा धरानमा विजुलीमा आधारित उद्योग, कलकारखानामा लगानी भित्रिन्छ। औद्योगिक ग्रामलाई सपोर्ट हुन्छ, रोजागरी सृजना हुन्छ, र धरानको मुहारै फेरिन्छ।’

प्रकाशित: २७ कार्तिक २०७७ १२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App