१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

खुल्यो कब्रिस्तान !

कब्रिस्तान खुलेपछि शव व्यवस्थापन गर्दै मुस्लिम समुदाय । तस्बिर : नागरिक

यो पनि पढ्नुहोस्

कब्रिस्तान विवाद : ‘मेरो श्रीमानको बाटो खुलाइदिनुस्’

यो पनि पढ्नुहोस्

अझै खुलेन कब्रिस्तान

मुस्लिम समुदायको शव विसर्जन स्थल (कब्रिस्तान)मा बिहीबारदेखि लगाइएको ताला खुलेको छ। शनिबार दिउँसोबाट खुलेको छ। स्थानीय, मुस्लिम समुदाय र प्रशासनबीच भएको छलफलपछि कब्रिस्थानमा लगाइएको ताला खुलेको हो।  

शनिबार बिहानदेखि भएको छलफलमा मुस्लिम समुदायका एक व्यक्तिको शव दुई दिनदेखि आँगनमै रहेको र त्यसलाई व्यवस्थापन गर्न मानवीयताका नाताले सहयोग गर्ने र धनगढी उपमहानगरपालिकाले समुदायको बीचमा रहेको कब्रिस्तानलाई व्यवस्थापन गर्ने सम्बन्धमा छलफल चलाउने भएपछि तीन दिनदेखि कब्रिस्तानमा लगाइएको ताला शनिबार दिउँसोदेखि खुलेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। संघर्ष समितिका संयोजक धनबहादुर कोलीका अनुसार अहिलेलाई यो शव व्यवस्थापन गर्न दिइएको छ। 

तीन दिनभित्र प्रशासनमा बैठक बसेर मानव बस्तीका बीचमा रहेको कब्रिस्तानलाई अन्यत्र सार्नका लागि जमिन खोज्ने सहमति भएको उनले बताए। ‘कब्रिस्तान सार्न छलफल चलाउने कुरामा सहमति भएका कारण हामीले आन्दोलन फिर्ता लिएका हौँ,’ उनले भने,‘अर्को कुरा दुई दिनदेखि आँगनमै रहेको शवलाई पनि मानवीयताका आधारमा व्यवस्थापन गर्नु पर्ने भएकाले पनि सहयोग गरिएको हो।’  

गत विहीबार ५७ वर्षीया कोरोना संक्रमित महिलाको शव कब्रिस्ताना गाडिएपछि स्थानीयले कब्रिस्तानको मूल गेटमा तालाबन्दी गरेका थिए।  

दुई दिनपछि अन्त्येष्टि

शुक्रबार बिहान मृत्यु भएका धनगढी–१, पशुपति टोलका ५० वर्षीय मोहमद जमसेदको शव शनिबार दिउँसो २ बजेतिर अन्त्येष्टिका लागि कब्रिस्तानमा आफन्तले लगेका छन्। कब्रिस्तान खुलेसँगै दुई दिनदेखि आँगनमै रहेको उनको शव परिवारले अन्त्येष्टिका लागि लगेका छन्। कब्रिस्तान खुलेपछि बुबाको शव अहिले त्यसतर्फ लगिएको उनकी छोरी मैतुनले बताइन्। उनले भनिन्,‘दुई दिनदेखि घरको आँगनमै रहेको बुबाको शव अहिले मुस्लिम परम्पराअनुसार कब्रिस्तानमा लगेका छौँ।’ जमसेदको शुक्रबार बिहान दुवै मिर्गौलाले काम गर्न छाडेपछि मृत्यु भएको थियो।

प्रकाशित: १५ कार्तिक २०७७ ०८:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App