१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कपिलवस्तु नगरपालिकाका मेयर सिंहलाई कोरोना संक्रमण

नगरपालिका कार्तिक १५ गते सम्मका लागि बन्द

कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ। मेयर सिंहमा बुधबार कोरोना संक्रमित पुष्टि भएको कपिलवस्तु नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। एक साताअघि उनीसहित नगरपालिकाका १८ जना कर्मचारीहरुको स्वाब संकलन गरी प्रादेशिक अस्पताल बुटवल पठाइएको थियो। जसमा सबै जनाको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य संयोजक उमेश गुप्ताले बताए।  

मेयर सिंहकी श्रीमती र छोरा कोरोन संक्रमित भएपछि उनको स्वाब संकलन गरिएको थियो। मेयर सिंहले आफू जनतासंग प्रत्यक्ष सम्पर्कमा आई काम गर्नेक्रममा कोरोना संक्रमित भएको बताए। उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताए। नगरपालिकाका लेखा अधिकृत, सहायक लेखा अधिकृत, स्वास्थ्य संयोजक, कपिलवस्तु नगरपालिका वडा नम्बर ६ का वडा सचिव समेत कोरोना संक्रमित भएका छन्।  

यस्तै कपिलवस्तु नगरपालिका वडा नम्बर ९ स्थित निग्लीहवा स्वास्थ्य चौकीमा कार्यरत ७ जना नै कोरोना संक्रमित भएका छन्। कपिलवस्तु नगरपालिकाका मेयरसहित १८ जना नै कोरोना संक्रमित भएपछि नगरपालिका बुधबार दिउँसोदेखि कार्तिक १५ गतेसम्मका लागि बन्द गरिएको छ।  

यस्तै निग्हिवा स्वास्थ्य चौकी समेत बन्द गरिएका मेयर सिंहले बताए। जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जन स्वास्थ्य अधिकृत योगेन्द्र भगत अनुसार बुधबार कपिलवस्तुमा ३६ जना कोरोना संक्रमित थपिएका छन्। यससंगै जिल्लामा १५ सय ३६ जना कोरोना संक्रमित भएका छन्। जसमध्ये अहिले डेढ सय बढी सकृय संक्रमित छन् भने १३ जनाको मृत्यु भएको छ।

प्रकाशित: ५ कार्तिक २०७७ १२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App