१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सेनाद्वारा रौतहटमा एकै दिन दुई शव व्यवस्थापन

कोरोना संक्रमणबाट मृत्यु भएपछि शव व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले रौतहटमा एकै दिन दुई जनाको शव व्यवस्थापन गरेको छ। रौतहटको गौरमा रहेको इन्द्र बक्स गणले दुई छुटाछुटै स्थानमा दुई जनाको शव व्यवस्थापन गरेको हो।

रौतहटको कटहरिया नगरपालिका र माधव नारायण नगरपालिकाका एक एक जनाको शव व्यवस्थापन सेनाले गरेको हो।

कोरोना संक्रमण भई वीरगंजको नारायणी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कटहरिया नगरपालिका वडा नम्बर ७ का एक जना ७० वर्षका पुरुषको बगही गाउँको छेउपमा तथा कोरोना संक्रमण भई चितवनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी माधव नारायण नगरपालिका वडा नम्बर ७ की एक जना ७० वर्षकी महिलाको उनकै गाउँको छेउमा शव व्यवस्थापन गरिएको इन्द्र बक्स गण पुरेनवा गौरका कर्णेल सामन्तध्वज खाँडले जानकारी गराएका छन्।

अहिलेसम्म रौतहटमा संक्रमितको संख्या करिब दुई हजार नजिक पुगेको छ भने जिल्लामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भइसकेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित: २ कार्तिक २०७७ १३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App