९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

मलेसियामा नेपालीलाई बन्धक बनाई रकम असुल गर्ने काठमाडौंबाट पक्राउ

क्याप्शन

मलेसियामा नेपालीलाई बन्धक बनाई रकम असुल गरेको अभियोगमा डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठलाई काठमाडौं महानगरपालिका–३ बाट मंगलबार प्रहरीले पक्राउ गरेको छ।

मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेला कर्नर क्यान्टिन संचालन गरी बस्ने मोरङ साविक सुन्दरपुर गाविस–५ घर भएका उनलाई अपहरण र असुलीको आरोपमा प्रहरीले प्रकाउ गरेको हो।

उनको योजनामा उनकै श्रीमती धनमाया श्रेष्ठ तथा चालक श्याम नेपालीले मलेसियामै काम गर्ने दाङ पहरुवा बस्ने एक व्यक्तिलाई अपहरण गरी ७ दिन बन्धक बनाएका थिए।  

साथै ती व्यक्तिकी श्रीमतीलाई मलेसियाका बिभिन्न नम्बरबाट फोन गरी उनको नाममा रहेको हिमालयन बैंक लिमिटेडको खातामा मलेसियन ६० हजार रिङगेट हालेमा मात्र श्रीमानको ज्यान रहने नत्र मारिदिने समेतका धम्कीहरु दिई फिरौती बापतको १५ लाख ९२ हजार रुपैयाँ उनकै खातामा पटक पटक गरी जम्मा गरेपछि अपहरित  व्यक्तिलाई अपहरणमुक्त गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ।

थप अनुसन्धान गर्ने क्रममा दुर्गाले पीडितलाई राहदानी कब्जामा गरी नेपाल आउन समेत नदिई अघोषित रुपमा हालसम्म पनि बन्धक जस्तै बनाई राखेको तथा उनी नेपाल आएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–३ कान्ती बाल अस्पताल नजिक सडकमा बा १४ च २११२ नम्बरको जिपमा पानीपोखरीतर्फ गइरहेको अबस्थामा पक्राउ गरेको हो। 

उनले मलेसियामा काम गर्न गएका नेपाली कामदारहरुलाई धम्काई रकम असुल गर्ने तथा कुटपिट गरी गुण्डागर्दी गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: १४ आश्विन २०७७ ०७:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App