१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

आइसोलेसन थप्दै स्थानीय तह

महागढीमाई नगरपालिकाले सञ्चालनमा लयाएको आइसोलेसन सेन्टरमा रहेका कोरोना संक्रमित।

कोरोना भाइरस संक्रमितहरुको संख्या दिन दिनै बढ्दै गए पछि स्थानीय तह संक्रमितहरुलाई राख्न आइसोलेसन सेन्टर निर्माणमा केन्द्रित बनेका छन्। संक्रमितलाई राखेर उपचार गर्ने अस्थायी कोरोना अस्पतालहरुमा वेडको अभाव देखिन थालेपछि पछि स्थानीय तहहरु आइसोलेसन सेन्टर निर्माणमा केन्द्रित भएका हुन्।  

अस्थायी कोरोना अस्पतालहरुमा बेड अभाव भएकोले कतिपय संक्रमितहरु घर मै रहने अवस्था आएको महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र प्रसाद यादवले बताए। संक्रमितलाई घरभन्दा बाहिर राख्न आइसोलेसन सेन्टर निर्माण गरिएको उनले बताए। नगरपालिकाले एक सय २५ बेडको आइसोलेसन बेडको तयारी गरेर नयाँ थपिने  संक्रमितहरु राख्ने योजनाका साथ काम सुरु गरेको उनले बताए।  

बिभिन्न वडाहरुमा रहेका सामुदायिक विद्यालय र स्वास्थ्य चौकीहरुमा आइसोलेसन बेड निर्माण गर्ने काम भैरहेको उनको भनाई छ।

महागढीमाई नगरपालिका ६  बबुवायीनमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा २२ बेड,  ३ गंजभवानीपुरमा रहेको भोला माध्यमीक विद्यालयमा ३० बेड र  १ बरियारपुरमा रहेको गढीमाई महेन्द्र माध्यमकि विद्यालयमा ३० बेडको आइसोलेसन सेन्टर तयारी गरिएको र बाकी रहन गएकोहरुलाई एक दुई दिन भित्रमा  तयारी गरेर सञ्चालनमा ल्याउने नगर प्रमुख यादवले बताए।

आइसोलेसन वेडमा रहेका संक्रमितहरुलाई शरिरको प्रतिरक्षा प्रणाली बढाउने खाने कुराको साथ साथै लक्षण हेरेर औषधीको समेत व्यवस्था गरिएको नगरप्रमुख यादवको भनाइ छ ।

एक हप्तामै थपिए दोब्बर संक्रमित

बिगत चार महिनाको अन्तरालमा जिल्लामा थपिएको कोरोना संक्रमितको संख्या बराबर नै एक हप्तामै नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय बाराले जनाएको छ।

साउन ३१ गतेसम्म जिल्लामा ३४१ जना संक्रमितहरु रहेकोमा भादौ ६ गतेसम्म त्यो संख्या बढेर ६०२ पुगेको जिल्ला स्वास्थ कार्यालय बाराका निरीक्षक तथा कोरोना रोगका फोकल पर्सन शंकर प्रसाद गुप्ताले बताएका छन्।  

संक्रमित मध्ये १० जनाले ज्यान गुमाएका छन भने २७१ जना निको भएर घर फर्केका र बाकी संक्रमित उपचारको क्रममा रहेको गुप्ताले बताए।

कलैया, जितपुरसिमरा, महागढीमाई, सिम्रौनगढ,पचरौता, निजगढ लगाएतको स्थानीयतहरुले आइसोलेसन बेड निर्माण गरेर कोरोना संक्रमणलाई राख्ने कार्य शुरु गरेका छन्।

जिल्लामा रहेको १६ वटा स्थानीय तहहरु मध्ये कलैया उपमहानगरपालिका ३ मा रहेको प्रदेशिक शैक्षिक तालिम केन्द्रमा मात्रै ५० बेडको अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याइएको थियो।

प्रकाशित: ७ भाद्र २०७७ १२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App