१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सीमावर्तीक्षेत्रमा रोकिएन अवैध तस्करी

लामो समय देखि नेपाल भारतको सीमा क्षेत्रमा सुरक्षाकर्मीले निगरानी बढाएपनि तस्करी बढिरहेको पाईएको छ । प्रहरीले पटकपटक सामान बरामद गरेपछि सीमामा तस्कर भईरहेको तथ्य सार्वजनिक भएको छ । लुकिछिपी हुने तस्करी नरोकिएकाले कोरोना संक्रमण फैलिने भन्दै स्थानीय चिन्तित भएका छन् । सुर्ती, गुट्खा, कपडा र चिनी लगायतका अवैध सामान भन्सार छलेर भित्रिरहेकोे सीमावर्तीका स्थानीयको गुनासो छ । कोरोना संक्रमण नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको थप जनशक्ति परिचालन गरिएको छ ।

नेपाल प्रहरीका चार र सशस्त्र प्रहरीका दुई जना घुमुवा प्रहरी परिचालित गरेका छन्। तर पनि तस्करी नरोकिएको स्थानीयको आरोप छ । भन्सार कार्यालयको रेकर्डमा सशस्त्र प्रहरीको १९ वटा मुद्दामा ८ लाख ५५ हजार तीन सय २५ र नेपाल प्रहरीको २१ वटा मुद्दामा १३ लाख ३२ हजार २ सय १५ अवैध मालसामान भन्सार कार्यालय बुझाएको रेर्कडमा उल्लेख छ ।    

प्रहरीले सीमावर्ती क्षेत्रबाट आईतबार अवैध सामानसहित दुई जना पक्राउ गरेको छ । गुलरिया नगरपालिका वडा नं. १० कालाबन्जाराका ६० वर्षीय अमिज सिद्धिकी र ३४ वर्षीय रमेश लोधलाई भारतबाट भन्सार छलेर सामान ल्याएको आरोपमा पक्राउ गरेको हो । दुई जनालाई आवश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालयले प्रहरीलाई बुझाएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा तेल, लेडिज कुर्ता, चुरा, दाल, चिनी, डिटोल साबुन र मंजन बरामद गरेको हो । सीमामा खटिएको प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले दुई साता भित्रमा १५ लाख बराबरको अवैध सामान बरामद गरेको रेकडमा उल्लेख छ ।  

साउन २४ गते प्रहरीले भारतबाट नेपाल भित्राएको अवस्थामा ४१ हजार २ सय ५५ मूल्य बराबरको सुर्ती जन्य पदार्थ गुलरिया स्थित भन्सार कार्यालयमा बुझाएको रेर्कडमा देखिन्छ । साउनमा मात्र सशस्त्र प्रहरी र नेपाल प्रहरीले ३९ वटा मुद्दा भन्सार कार्यालय बुभाएको छ । सीमामा सुरक्षाकर्मी परिचालनले अवैध सामान नियन्त्रण भईरहेको राजापुर भन्सार कार्यालयका प्रमुख चक्र सोनीले बताए । उनका अनुसार सीमावर्तीमा अझै अवैध सामान भित्राउँने गिरोह सक्रिय रहेको पुष्टि गर्छन् ।  

८२ किलोमिटर खुला सीमानामा अवैध चोरी पैठारी रोक्न सुरक्षाकर्मीलाई चुनौती रहेको उनको भनाई छ । राजापुर भन्सार कार्यालय अन्तर्गत ८ वटा छोटी भन्सार छन् । द्वन्द्वको समयपछि गुलरिया र ताराताल मात्र सञ्चालनमा छन् । अन्य सशस्त्र प्रहरीको बिओपिले अवैध सामान नियन्त्रण गरिरहेका छन् । यस अघि नेपाल प्रहरीका प्रहरी उपरीक्षक राजेश नाथ वास्तोलाको नेतृत्वले १ करोड १६ हजार बराबरको चोरी सवारी साधन र साढे पाँच करोड अवैध तस्करी सामान भन्सार बुभाएको रेर्कडमा देखिन्छ । अहिले सम्मको अधिकतम अवैध सामान अघिल्लो वर्ष प्रहरीले बुझाएको हो । यस्तै, अघिल्लो वर्ष सशस्त्र प्रहरी उपरीक्षक यादव बिश्वकर्माको नेतृत्वमा १ करोड २० लाख बराबरको अवैध सामान भन्सार बुझाएको देखिन्छ ।

प्रकाशित: १ भाद्र २०७७ १५:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App