६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

अजिरकोटमा पहिरोले पाँच परिवार विस्थापित

विपद् ब्यवस्थापन समितिद्वारा राहत वितरण

पहिरोले बगेको घर ।

लगातारको वर्षा पछिको पहिरोले घर बगाएपछि गोरखाको अजिरकोट गाउँपालिका १ धनसिरा साउनेपानीमा पाँच परिवार विस्थापित भएका छन्। दिनदिनै वर्षात भईरहेकाले अन्य घर पनि जोखिममा परेको गाउँपालिका उपाध्यक्ष चन्द्रा गुरुङले बताईन्।

आसमाया गुरुङ, गणेश गुरुङ, लक्ष्मण गुरुङ, हजराम गुरुङ, पूर्णबहादुर गुरुङको घर भने बगिसकेको छ । उनीहरु एक सातादेखि आफन्तकहाँ बस्दै आएका छन् । यी परिवारलाई शनिवार जिल्ला दैविप्रकोप उद्धार समितिले राहत वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई सहितको टोलीले गाउँपालिका केन्द्र भच्चेक पुगेर राहत बितरण गरेका हुन । ‘तत्कालका लागि केही सहयोग पुगोस् भनेर हामीले प्रति परिवार १५ हजार दिएका छौँ,’ प्रजिअ भट्टराईले भने ।

पहिरोबाट बिस्थापितहरुलाई नगद बितरण गर्दै प्रजिअ भट्टराई ।

गत वर्षपनि पहिरो जान सक्ने खतरा भएपछि गाउँपालिकाले त्यहाँबाट अन्यत्र स्थानान्तरण हुन स्थानीयलाई अनुरोध गरेको थियो । ‘हामीले पोहोर देखि त्यहाँ नबस्नुस् भन्दै आएका थियौँ’ उपाध्यक्ष गुरुङले भनिन् ‘थातथलो छोड्न उहाँहरुले मान्नुभएन, अहिले पहिरो बग्यो ।’ गाउँपालिकलो हिउँदे सभाबाट बिस्थापित हुने पाँच घरधुरीलाई जग्गा खरिद गर्न प्रति परिवार तीन लाख दिने निर्णय गरेको उनले बताईन । तर रकम भने उनीहरूले लगेका छैनन् ।

प्रकाशित: ३१ श्रावण २०७७ १३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App