१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

एक दर्जन घर पहिरोको जोखिममा

बैतडीको सुर्नया गाउँपालिका–८ मा १२ घर पहिरोको जोखिममा परेका छन् । ढोल्यामोडदेखि वडा कार्यालयसम्म निर्माण गरिएको सडककै कारण पहिरो आउँदा दर्जन घरका स्थानीय विस्थापित भएका छन् । गत वर्ष पनि सोही ठाउँमा पहिरो खस्दा ६ घरका स्थानीय विस्थापित भएका थिए ।

मल्लोढोलेको डाणटोलका ५ घर  र रातोपानीका ७ घर जोखिममा परेको वडाध्यक्ष आनन्द बोहराले बताए । बर्खायाममा निरन्तर पानी परिरहेकाले समस्या निम्ताएको छ । घरमाथिबाट लगातार पहिरो बगिरहेकाले सबै परिवारलाई अन्यत्र सार्ने तयारी गरिएको वडाध्यक्ष बोहराले जानकारी दिए ।  

सडक खन्दा ध्यान नदिएकाले समस्या भएको हो । पहाडी क्षेत्रमा गाउँगाउँ सडक पुु¥याउने भन्दै मेसिनको प्रयोग गर्दा धेरै ठाउँमा पहिरोको जोखिम बढेको छ । पहिरोको घर नै जोखिममा परेपछि समस्या भएको स्थानीय गगन बोहारले बताए ।

प्रकाशित: १९ श्रावण २०७७ १३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App