१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

रातो मच्छिन्द्रनाथको रथारोहण

शनिबार 'वर्षा र सहकाल' का देवता रातो मच्छिन्द्रनाथको रथारोहण गराईएको छ । आज नागपञ्चमीका दिन दिउँसो सवा १२ बजेको शुभसाइतमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराईएको हो । काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा रहेको मच्छिन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिने भएपनि यो वर्ष कोभिड-१९ का कारण केही समय ढिला भएको हो ।  

रातो मच्छिन्द्रनाथका मुख्य पुजारी कमलराज बज्राचार्यले वैशाख १२ गते रथारोहण गर्नुपर्ने भएपनि कोरोनाका कारण यो वर्ष सम्भव नभएको बताए । असार २४ गते साइत हेरेर रथारोहण गराउने यसअघि निर्णय भएपनि कोभिड-१९ संक्रमणको जोखिम कम नभएका कारण अनिश्चित बनेको थियो । लिच्छवीकालदेखि निरन्तर चल्दै आएको जात्रामा रथारोहणको अन्तिम साइज आज परेकाले आज नै रथारोहण गरिएको उनले बताए । रथारोहण गरिएपनि रथ कहिले तान्ने भन्ने निर्णय भने नभएको उनले बताए ।

जात्रामा २० जनाभन्दा बढीलाई सहभागी नगराइने निर्णय भएपनि उल्लेख्य सहभागिता रहेको थियो । पाटनको तः बहामा रहेको सत्तलमा राखिएको रातो मछिन्द्रनाथलाई खटमा राखेर नगर परिक्रमा गराउँदै पुल्चोकमा बनाइएको रथमा बिराजमान गराइएको हो ।

प्रकाशित: १० श्रावण २०७७ ०९:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App